बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका « Khabarhub

बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

त्रिशूली– नुवाकोटको विदुर नगरपालिकाले बाँझोपन भएका पशुको पहिचान गरी उपचार गर्ने उद्देश्यले निःशुल्क शिविर सञ्चालन गरेको छ ।

चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको सहयोगमा नगरपालिकाको पशु सेवा शाखाले ‘गाईभैँसीमा हुने बाँझोपन पहिचान र उपचार’ शिविर सञ्चालनमा ल्याएको हो ।

नगरप्रमुख राजन श्रेष्ठले प्रविधिमार्फत भिडियो एक्सरेको सहयोगमा चिकित्सकले समस्याको पहिचान गर्ने र निवारणका लागि औषधिसहितको परामर्श सेवा उपलब्ध दिने जानकारी दिए। उनका अनुसार गाईभैँसीमा हुने बाँझोपनको पहिचान गरी समस्या समाधान गर्न परीक्षण थालिएको हो ।

हालसम्म आठ वटा वडामा १८ किसानले पालेका २१ गाई र तीन वटा भैँसीमा समस्याको पहिचान भएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए। 

नगरप्रमुख श्रेष्ठले शिविरमार्फत किसानलाई आफूले पालन गरेको पशुचौपायको नियमित जाँच तथा परीक्षण गर्न र आवश्यकताअनुसार खाद्यतत्व उपलब्ध गराउन सजग गराइएको बताए ।

बाँझोपन समस्या पहिचान गरी निवारणका लागि सञ्चालन गरिएको शिविरमार्फत समस्या पहिचान भएका पशुमा खाद्यत्वको सन्तुलन नहुँदा बाँझोपनको समस्या देखिएको कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपप्राध्यापक डा. शत्रुधन शाहले जानकारी दिए। किसानले उन्नत जातका पशु पालन गरे पनि सोहीअनुसार वासस्थान र खानपान मिलाउन नसकेकाले समस्या आएको उनले बताए। 

पशु चिकित्सक र प्राविधिकको टोलीद्वारा विदुरका किसानले पालन गरेका गाईभैँसीको भिडियो एक्सरे (अल्ट्रासाउण्ड) मार्फत पाठेघर र डिम्बको अवस्था परीक्षण गरी समस्या पहिचान गरिएको विदुर नगरपालिकाका पशु सेवा शाखाका प्रमुख डा सुजता अधिकारीले जानकारी दिए ।

उनका अनुसार पशुलाई बाँझोपन हुनबाट जोगाउन पशु प्राविधिकको सल्लाहमा जुका र नाम्लेको औषधि खुवाउन, खनिज, प्रोटिनलगायत पौष्टिक तत्व पाइने घाँसपातसहितको खुराक खुवाउन किसानलाई सुझाव दिइएको छ । 

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ७ : ३७ बजे

विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

काठमाडौं– नेपाल पिडियाट्रिक सोसाइटी (नेपास) ले प्राकृतिक विपद् तथा आपत्कालीन

एसियाड उद्घाटन: चन्द्र र मानमतीले बोके नेपालको झण्डा (फोटो फिचर)

काठमाडौं- जापानको आइची-नागोयामा आयोजित २०औँ एसियाली खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन

परराष्ट्र मन्त्रालयमा पहिलोपटक ‘वातावरण कूटनीति शाखा’ स्थापना

काठमाडौँ – जलवायु परिवर्तन तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत

सडक किनारमा नगरपालिकाको बेसार खेती

धनकुटा– स्थानीय किसान तथा सामुदायिक वन समूहलाई उत्पादनमूलक कृषिमा प्रोत्साहन

बीस क्विन्टल गाँजासहित दुईजना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फत्तेपुरबाट