गाजामा इजरायली आक्रमण, १९ जनाको मृत्यु « Khabarhub

गाजामा इजरायली आक्रमण, १९ जनाको मृत्यु


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– गाजाका उद्धारकर्ताहरूले शनिबार प्यालेस्टिनी भूमिमा इजरायली आक्रमणमा आठ बालबालिकासहित कम्तीमा १९ जनाको मृत्यु भएको बताएका छन् ।

नागरिक सुरक्षा निकायका अनुसार गाजा शहरमा अल–घोल परिवारको घरमा बिहान भएको हवाई आक्रमणमा परी ११ जनाको मृत्यु भएको थियो ।

नागरिक सुरक्षा प्रवक्ता महमुद बसालले भने, ‘विस्थापित बस्दै आएको घरमा भएको आक्रमणबाट घर पूर्णरूपमा ध्वस्त भएको छ भने ११ जनाको मृत्यु भएको छ।’

‘आक्रमणमा दुई तले भवनमा क्षति पुगेको र अझै पनि धेरै मानिस भग्नावशेषमुनि रहेका छन्,’ उनले भने। 

इजरायली ड्रोनले एम्बुलेन्सका कर्मचारीमाथि पनि गोली चलाएको प्यालेष्टिनी प्रशासनले जनाएको छ । इजरायली सेनाले आक्रमणबारे तत्काल कुनै टिप्पणी गरेको छैन ।

गाजा शहरको पूर्वमा रहेको शुजैयाको आसपासबाट एएफपीले खिचेको तस्बिरमा त्यहाँका बासिन्दाहरू आक्रमणपछि आगलागी भएको घरको भग्नावशेषबाट बाहिर निस्किरहेको र भुईँमा सेतो पाताले ढाकिएका मृत शरीरहरू देखिएको छ ।

‘ठूलो विस्फोटले हामीलाई ब्युँझायो। सबै कुरा हल्लिएको थियो,’ घटनाका प्रत्यक्षदर्शी अहमद मुसाले भने । 

नागरिक सुरक्षा निकायका अनुसार दक्षिणी शहर खान युनिसमा इजरायली आक्रमणमा परी पाँच जना सुरक्षा अधिकारीको मृत्यु भएको छ ।

बासलले इजरायलले मानवीय आपूर्ति शृङ्खलालाई प्रभावित गर्न र मानिसहरूलाई आतङ्कत पार्न ‘जानाजानी’ उनीहरूलाई लक्षित गरेको आरोप लगाउनुभयो । सेनाले अहिलेसम्म उक्त आरोपबारे कुनै प्रतिक्रिया जनाएको छैन । 

स्थानीय उद्धारकर्ताका अनुसार खान युनिसमा एक घरमा बम विस्फोट हुँदा एक बालकसहित तीन जनाको मृत्यु भएको थियो । 

सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणको बदलामा इजरायलले गाजामा युद्ध सुरु गरेको थियो । इजरायलमा भएको हमासको उक्त आक्रमणमा एक हजार २०८ जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ८ : ०० बजे

चाहनाले नै मैले मधेसबाट चुनाव लड्ने निर्णय गरेको हुँ : सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

कानुनविपरित काम गरे चारित्रिक प्रमाणपत्रमा उल्लेख हुन्छ, सचेत हुनू : गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले कानुन विपरित गतिविधि गरे चारित्रिक प्रमाणपत्रमा

बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति

अभ्यास खेलमा नेपालले एमसीए प्रेसिडेन्ट–११ लाई ७ विकेटले हरायो

काठमाडौं – आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा

निर्वाचन सुरक्षाका लागि काठमाडौँमा कुकुरसहितको संयुक्त गस्ती

काठमाडौँ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था