सर्वोच्च बारको अध्यक्षमा पोखरेल विजयी « Khabarhub

सर्वोच्च बारको अध्यक्षमा पोखरेल विजयी


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सर्वोच्च अदालत बार एशोसिएसनको निर्वाचनमा लोकतान्त्रिक समूह विजयी भएको छ। एउटा सदस्य पदमा प्रगतिशिल समूहका सतिशराज मैनाली बाहेक सबै उम्मेदवार लोकतान्त्रिक समूहका विजयी भएका छन्।

अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल ३६८ मतका साथ विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी महेश कुमार थापाले १८१ मत ल्याए। अध्यक्षका प्रतिस्पर्धी प्रेमसिंह धामीले १५ मत ल्याए।

उपाध्यक्षमा अम्बर बहादुर राउत ३४६ मत ल्यायी विजयी हुँदा उनका प्रतिस्पर्धी भिष्मराज कडरियाले १७३ मत ल्याए। बरिष्ठ अधिवक्ता उत्तम बहादुर श्रेष्ठले २५ मत मात्रै ल्याउन सके।सचिवमा रमण कुमार कर्ण ३३९ मतका साथ निर्वाचित हुँदा प्रतिस्पर्धी प्रभाकर श्रेष्ठले २०५ मत ल्याए।

सहसचिवमा पुन्देवी महर्जन ३३७ मतका साथ विजयी भए। उनका प्रतिस्पर्धी श्रुति कुमारी रेग्मीले २१६ मत ल्याए। कोषाध्यक्षमा रामचन्द्र पौडेल ३४० मतसहित विजयी हुँदा अनन्तराज लुईटेलले २०७ मत पाए।महिला सदस्यमा शशी बस्नेत ३१७ मतसहित विजयी भइन्। उनकी प्रतिस्पर्धी सुधा धितालले २०८ मत ल्याइन्।

सदस्यहरूमा दुर्गा मोहन श्रेष्ठ (३५४मत), इन्द्र शेखर खड्का(३१५), प्रदिप कुमार श्रेष्ठ (३१७), नागेश्वर प्रसाद चौधरी (२८०), निर्मल कुमार उपाध्याय (३२५), ओमकृष्ण श्रेष्ठ (२७९), प्रदिप कुमार राजवंशी (३१४) र सतिशराज मैनाली (२७२ मत) सहित निर्वाचित भएका छन्।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ९ : ४३ बजे

ब्राजिलको निर्वाचनलाई ट्रम्पले भने- ‘लज्जास्पद’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमा सम्पन्न राष्ट्रपति निर्वाचनलाई ‘लज्जास्पद’

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने

काठमाडौँ– नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को

बढ्दो तौललाई लिएर ट्रोल गर्नेहरूलाई क्याट्रिनाको जवाफ- ‘म किन पछाडि फर्किनु ?’

मुम्बई – बलिउड अभिनेत्री क्याट्रिना कैफले आमा बनेपछि आफ्नो शारीरिक

नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि थप

काठमाडौँ – संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक

नागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने

काठमाडौँ– सरकारले नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउने