बाँके राष्ट्रिय निकुञ्जमा बाघको आहारा बढाउन घाँसे मैदान क्षेत्र बढाइँदै « Khabarhub

बाँके राष्ट्रिय निकुञ्जमा बाघको आहारा बढाउन घाँसे मैदान क्षेत्र बढाइँदै


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

बाँके – बाघ संरक्षणका लागि विसं २०६७ मा स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा घाँसेमैदान क्षेत्र बढाउन लागिएको छ । नेपालकै कान्छो निकुञ्जका रुपमा घोषणा भएको उक्त निकुञ्जमा बाघको आहार बढाउनका लागि क्षेत्र बढाउने तयारी गरिएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले निकुञ्जभित्र रहेको करौंतीघाँसे मैदानको क्षेत्रलाई थप ५० हेक्टर क्षेत्रफलमा बढाउने तयारी गरिएको बताए । “हामीसँग हालसम्म चार सय हेक्टर क्षेत्रफलमा घाँसेमैदान रहेका छन् । यहाँ रहेका २५ वटा बाघका लागि घाँसेमैदान क्षेत्र बढाउन सकिएमा बाघलाई आहार जुटाउन सहज हुन्छ । त्यही उद्देश्यले करौंतीघाँसे मैदानको ४० देखि ५० हेक्टर क्षेत्रफल बढाउने तयारीमा छौँ”, उनले भने ।

कँडेलले बाघको सङ्ख्या बढेसँगै संरक्षणमा चुनौती थपिएको बताए । उनले बाघ संरक्षणका लागि आहारा प्रजातिका जनावरको सङ्ख्या बढाउनेतर्फ पनि निकुञ्जले ध्यान केन्द्रित गरेको जानकारी दिए । यसका लागि मृग, चित्तल, चौका, बँदेल, रतुवालगायत वन्यजन्तुको संरक्षण गरिने कँडेलको भनाइ छ ।

उनका अनुसार एउटा बाघले वर्षमा औसतमा ५० वटा सिकार गर्छ भने एकपटकमा १५ देखि ४० किलोसम्म मासु खाने गर्छ । जुन एक हप्तासम्मका लागि हुन्छ । त्यसैले बाघ बढेसँगै तिनको सुरक्षा, निकुञ्जमा मानव प्रवेश नियन्त्रण, बाघको आहारा प्रजातिका वन्यजन्तुको सङ्ख्या थप वृद्धिलगायत चुनौती रहेको उनले सुनाए ।

निकुञ्जका सूचना अधिकृत मन्दीप पँगेनीले करौंतीघाँसे मैदानमा बाघको सहजताका लागि तीनवटा सोलार जडित पानीपोखरी र एउटा मचान बनाइएको बताए । बाँकेमा सन् २००८ देखि बाघ गणना सुरु भएको थियो । सो समयमा निकुञ्जमा बाघ देखिएको थिएन तर हाल यहाँ बाघको सङ्ख्या २५ पुगेको छ । सन् २०१३ मा दोस्रो बाघ गणनामा चार, सन् २०१८ मा भएको तेस्रो गणनामा २१ पुगेकामा त्यसयता बाघको सङ्ख्या ह्वात्तै बढेको निकुञ्जका प्रमुख कँडेलले जानकारी दिए।

नेपाल सरकारले बाघ संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धताअनुरूप बाघको बासस्थान र जैविकमार्ग संरक्षण गर्ने उद्देश्यले विसं २०६७ असार २८ गते बाँके निकुञ्ज स्थापना गरिएको थियो । उक्त निकुञ्जले बाँके, दाङ र सल्यानको पाँच सय ५० वर्ग किलोमिटर क्षेत्रलाई समेटेको छ । यस निकुञ्जको पूर्वी सिमाना शिवखोला, पश्चिम कोहलपुर सुर्खेत राजमार्ग, उत्तर चुरे पर्वत र दक्षिणपूर्व–पश्चिम राजमार्ग रहेको छ ।

यहाँ जैविक विविधताको दृष्टिले महत्वपूर्ण मानिएको यस निकुञ्ज क्षेत्रमा आठवटा इकोसिष्टम, एकसय २४ वनस्पति प्रजाति, ३५ प्रजातिका स्तनधारी, तीन सयभन्दा बढी प्रकारका चराका प्रजाति, ५८ प्रजातिका माछा, २२ सरीसृप तथा छ प्रकारका उभयचरहरू पाइन्छन् । ११ प्रजातिका दुर्लभ तथा सङ्कटापन्न स्तनधारी र ५० प्रजातिका अन्तर्राष्ट्रियस्तरमै दुर्लभ चराहरू निकुञ्जभित्र रहेका छन् ।

बाँके, दाङ र सल्यान जिल्लाको तीन सय ४३ वर्ग किलोमिटर क्षेत्रलाई समेटेर यहाँ मध्यवर्ती क्षेत्र पनि घोषणा गरिएको छ । यो निकुञ्ज पश्चिममा बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएकाले ठूला वन्यजन्तुका लागि एकदमै महत्वपूर्ण बासस्थानका रूपमा रहेको छ ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  १० : २९ बजे

युक्रेनमा रूसी आक्रमण : ६ जनाको मृत्यु, २० जना घाइते

युक्रेन– युक्रेनमा बुधबार भएको रूसी हवाई आक्रमणमा कम्तीमा ६ जनाको

आगामी आर्थिक वर्षलाई कानुन सुधार र निर्माणको वर्ष घोषणा गर्दै सरकार

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षलाई कानुन सुधार र निर्माण वर्ष

इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) ले एमबीबीएस तथा बीडीएस अध्ययनरत

एकैदिन विपद्का ७१ घटना, दुई जनाको मृत्यु, दुई बेपत्ता 

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा विपद्सम्बन्धी ७१ वटा घटना भएका

राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते 

काठमाडौं– राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने भएको