शिक्षासहित तीनवटा समितिको बैठक बस्दै « Khabarhub

शिक्षासहित तीनवटा समितिको बैठक बस्दै


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा पत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्याहरुको सम्बन्धमा प्रदेश सरकारका वनसँग सम्बन्धित मन्त्रीहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो साढे १२ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा नेपाल कानून व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल गर्ने तयारी छ ।

यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ७ : ०८ बजे

सडक अवरुद्ध : स्याउको चिन्तामा मुस्ताङका किसान

मुस्ताङ– केही दिन अघिको भारी वर्षापछिको बाढी पहिरो र नदी

कांग्रेसको १५ औँ महाधिवेशनका लागि कडा आचारसंहिता जारी, भौतिक प्रचारमा पूर्ण रोक

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका क्रममा तडकभडक र भौतिक

कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर, ठमेलमा २० प्रतिशतसम्म छुट

काठमाडौं– कुमारी बैंक लिमिटेड र ठमेल–काठमाडौंस्थीत रमदा अन्कोर बाइ विइन्डम

नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा

धनुषा- धनुषाको बटेश्वर गाउँपालिका ३ र ४ साविक बटेश्वर गा.वि.स

पेन्टागनले एसएम–६ क्षेप्यास्त्र उत्पादन बढाउन रेथियोनसँग २४ अर्ब डलरको सम्झौता गर्ने

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानविरुद्धको युद्धमा खर्च भएको हतियारको