क्यानडा र मेक्सिकोलाई अतिरिक्त कर लिने ट्रम्पको निर्णय स्थगित « Khabarhub

क्यानडा र मेक्सिकोलाई अतिरिक्त कर लिने ट्रम्पको निर्णय स्थगित

टेलिफोन वार्तापछि ३० दिनका लागि पछि हट्यो अमेरिका


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


666
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – क्यानडा र मेक्सिकोले सीमा सुरक्षामा कडाइ गर्ने प्रतिबद्धता जनाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यी दुई देश माथि लगाइएको अतिरिक्त करको निर्णयलाई तत्कालका लागि स्थगित गरेका छन्।

ट्रम्पसँग भएको सहमति अनुसार क्यानडाले सीमा हेर्नका लाग थप अधिकारी चयन गर्नेछ। यसैगरी, मेक्सिकोले सीमामा थप १० हजार सैनिक परिचालन गर्ने छ। ट्रम्प र छिमेकी देशका नेतृत्वबीच फोनमा वार्ता भए पछि यो निर्णय ३० दिनका लागि स्थगित भएको हो।

ट्रम्प र चिनियाँ अधिकारीबीच भने अहिलेसम्म वार्ता भएको छैन। ती दुई देश बीचको नेतृत्वको पनि तत्काल वार्ता हुने अनुमान गरिएको छ। ट्रम्पले चीनसँग सहमति नभए अहिले निर्णय गरिएको थप १० प्रतिशत अतिरिक्त करको निर्णय भन्दा बढीको करको निर्णय हुनसक्ने बताएका छन्।

तस्बिर गेट्टी इमेज

अमेरिकाको व्यापार युद्ध तत्कलका लागि उत्तर अमेरिकी छिमेकीसँग रोकिए पनि युरोपेली युनियन र बेलायतसँग अब कता जाने भन्ने चासो भने थपिएको छ। ट्रम्पबाट यो निर्णय गर्नु भन्दा अगाडि क्यानडा र अमेरिकाको बीचमा तल्लो तहमा नै पुगेर आलोचना भएको थियो।

क्यानडाको श्रम सङ्गठन युनिफोरको प्रमुख तथा प्रधानमन्त्री जस्टिन ट्रेडेउको निकटस्थ लाना पायनाले ३० दिनका लागि स्थगित भए पनि त्यस पछिको निर्णयमा चासो रहेको बताएकी छिन्। क्यानडाका सबै भन्दा ठुलो मजदुर सङ्गठन युनिफोरमा तीन लाख २० हजार सदस्य छन्।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ७ : २३ बजे

बाढीमा आमाबुवा गुमाएका बालबालिकाको व्यवस्थापन : दीर्घकालीन स्याहार योजना कार्यक्रममा समावेश

काठमाडौं– भोटेकोशी बाढीका कारण आमाबुवा गुमाएका उत्तरगया गाउँपालिका–१ का बालबालिका

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दशैँअघि सञ्चालनमा ल्याउने लक्ष्य

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्‍याएपछि

‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीबिना आर्थिक क्रान्ति सम्भव छैन’

म पुराना अन्धविश्वासहरूमा विश्वास त गर्दिनँ, तर शान्ति प्रक्रियामा आइसकेपछि

६ दिनभित्र बेनी-जोमसोम सडक पूर्ण सुचारु हुने

काठमाडौं- मालढुंगा-बेनी-जोमसोम-कोरला सडक खण्ड अन्तर्गत विभिन्न स्थानमा गएको पहिरो र

नेपाली कांग्रेस १५ औँ महाधिवेशनको बन्द सत्र सुरू (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको दोस्रो दिन बन्द सत्र