रजनीकान्तका निर्माताले गरे आत्महत्या, झेल्दै थिए लागुऔषध मुद्दा « Khabarhub

रजनीकान्तका निर्माताले गरे आत्महत्या, झेल्दै थिए लागुऔषध मुद्दा


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

हैदाराबाद- साउथका चर्चित निर्माता केपी चौधरीले गोवामा आत्महत्या गरेका छन् । उनी लामो समयदेखि आर्थिक संकटसँग जुधिरहेका थिए ।

व्यक्तिगत जीवनमा उनी डिप्रेसनको सामना गरिरहेका थिए । प्रहरीका अनुसार चलचित्र निर्माता पहिलेदेखि नै आर्थिक संकटमा थिए ।

यसबाहेक लागुऔषध मुद्दामा जेल परेपछि उनको मानसिक अवस्था पनि ठीक नभएको र डिप्रेशनमा परेको थियो ।

प्रहरीका अनुसार उनको शव गोवाको सियोलेममा भाडाको घरमा झुण्डिएको अवस्थामा फेला परेको थियो । उनी ४४ वर्षका थिए ।

सन् २०२३ मा हैदरावाद प्रहरीले उनलाई लागूऔषध मुद्दामा पक्राउ गरेको थियो । उनी एक प्रसिद्ध फिल्म निर्माता थिए र दक्षिण फिल्म उद्योगका मेगास्टार रजनीकान्तको फिल्म ‘काबली’ पनि निर्माण गरेका थिए ।

तर सोही साल अर्थात सन् २०२३ मा हैदरावादको स्पेशल अपरेशन टोलीले उनलाई समातेको थियो । उनीविरुद्ध लागुऔषध सम्बन्धी मुद्दा चलेको थियो ।

उनीमाथि टलिउड र कलिउडमा लागुऔषध कारोबार गर्ने गरेको आरोप लागेको थियो । उनी गहिरो ऋणमा थिए र उनको ऋण तिर्नको दबाब तीव्र थियो।

कोरोनाको समयमा उद्योग ठप्प हुँदा केपी चौधरी लागुऔषध व्यवसायमा लागे र त्यसबाट पैसा कमाउन थालेका थिए ।

उनले गोवामा ओएचएम नामको पब पनि खोलेका थिए। यो एक पब थियो, जहाँ उनी ग्राहकहरूसँग ड्रग्स डिल गर्दै प्रसिद्ध सेलिब्रेटीहरूलाई पनि ड्रग्स आपूर्तिसमेत गर्ने गर्थे भन्ने आरोप थियो ।

फिल्म काबलीको कुरा गर्दा यो फिल्मलाई फ्यानहरुले निकै रुचाएका थिए । जसमा साउथ सुपरस्टार रजनीकान्त मुख्य भूमिकामा थिए ।

रिपोर्टका अनुसार फिल्मको बजेट करिब १०० करोड थियो जबकि सकनिल्कको रिपोर्ट अनुसार फिल्मले ३ सय करोडभन्दा बढी कलेक्सनसमेत गरेको थियो ।
सन् २०१६ मा रिलिज भएको फिल्म ‘काबली’ मा राधिका आप्टेको महत्वपूर्ण भूमिका थियो ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ३ : १४ बजे

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।