रजनीकान्तका निर्माताले गरे आत्महत्या, झेल्दै थिए लागुऔषध मुद्दा « Khabarhub

रजनीकान्तका निर्माताले गरे आत्महत्या, झेल्दै थिए लागुऔषध मुद्दा


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

हैदाराबाद- साउथका चर्चित निर्माता केपी चौधरीले गोवामा आत्महत्या गरेका छन् । उनी लामो समयदेखि आर्थिक संकटसँग जुधिरहेका थिए ।

व्यक्तिगत जीवनमा उनी डिप्रेसनको सामना गरिरहेका थिए । प्रहरीका अनुसार चलचित्र निर्माता पहिलेदेखि नै आर्थिक संकटमा थिए ।

यसबाहेक लागुऔषध मुद्दामा जेल परेपछि उनको मानसिक अवस्था पनि ठीक नभएको र डिप्रेशनमा परेको थियो ।

प्रहरीका अनुसार उनको शव गोवाको सियोलेममा भाडाको घरमा झुण्डिएको अवस्थामा फेला परेको थियो । उनी ४४ वर्षका थिए ।

सन् २०२३ मा हैदरावाद प्रहरीले उनलाई लागूऔषध मुद्दामा पक्राउ गरेको थियो । उनी एक प्रसिद्ध फिल्म निर्माता थिए र दक्षिण फिल्म उद्योगका मेगास्टार रजनीकान्तको फिल्म ‘काबली’ पनि निर्माण गरेका थिए ।

तर सोही साल अर्थात सन् २०२३ मा हैदरावादको स्पेशल अपरेशन टोलीले उनलाई समातेको थियो । उनीविरुद्ध लागुऔषध सम्बन्धी मुद्दा चलेको थियो ।

उनीमाथि टलिउड र कलिउडमा लागुऔषध कारोबार गर्ने गरेको आरोप लागेको थियो । उनी गहिरो ऋणमा थिए र उनको ऋण तिर्नको दबाब तीव्र थियो।

कोरोनाको समयमा उद्योग ठप्प हुँदा केपी चौधरी लागुऔषध व्यवसायमा लागे र त्यसबाट पैसा कमाउन थालेका थिए ।

उनले गोवामा ओएचएम नामको पब पनि खोलेका थिए। यो एक पब थियो, जहाँ उनी ग्राहकहरूसँग ड्रग्स डिल गर्दै प्रसिद्ध सेलिब्रेटीहरूलाई पनि ड्रग्स आपूर्तिसमेत गर्ने गर्थे भन्ने आरोप थियो ।

फिल्म काबलीको कुरा गर्दा यो फिल्मलाई फ्यानहरुले निकै रुचाएका थिए । जसमा साउथ सुपरस्टार रजनीकान्त मुख्य भूमिकामा थिए ।

रिपोर्टका अनुसार फिल्मको बजेट करिब १०० करोड थियो जबकि सकनिल्कको रिपोर्ट अनुसार फिल्मले ३ सय करोडभन्दा बढी कलेक्सनसमेत गरेको थियो ।
सन् २०१६ मा रिलिज भएको फिल्म ‘काबली’ मा राधिका आप्टेको महत्वपूर्ण भूमिका थियो ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ३ : १४ बजे

मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित)

भक्तपुर – सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रहरीको ‘टिमुरे टु त्रिवेणी’ अभियान

काठमाडौं – नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी

ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक