रास्वपा संसदीय दलको बैठक बुधबार, के–के छन् एजेन्डा ? « Khabarhub

रास्वपा संसदीय दलको बैठक बुधबार, के–के छन् एजेन्डा ?


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुधबार संसदीय दलको बैठक बोलाएको छ। दिउँसो २ बजे संसदीय दलको कार्यालयमा बैठक बस्न लागको हो । 

भोलिको बैठकमा दर्ता भएका ६ वटा अध्यादेशको सन्दर्भमा कुराकानी हुने एजेन्डा छ । यस्तै नीति मन्थन विभाग र कानून विभागको संयन्त्रको विषयमा पनि छलफल हुने छ । 

रास्वपाले ६ वटा अध्यादेशको सन्दर्भमा अस्वीकार गरियोस् भन्ने सूचना संसद् सचिवालयमा दर्ता गरिसकेको छ । भोलिको बैठकमा अहिलेसम्म भएका ६ वटा अध्यादेशको विषयमा कसले कस्तो प्रस्तुति गर्ने भन्नेबारे छलफल हुने छ । 

यस्तै सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई निलम्बन फुकुवा गर्न दिएको पत्रको सन्दर्भमा पनि कुराकानी हुने छ । लामिछानेले १८ गते सभामुखलाई आफ्नो सांसद पद निलम्बन गरिदिन आग्रह गर्दै पत्र बुझाएका छन् । सभामुखले अध्ययन गरेर जवाफ दिने बताएका थिए । 

रास्वपाले २४ गते हुने प्रतिनिधि सभामा पाथीभरा केवलकार विवादको विषयमा पनि उठाउने तयारी गरेको छ ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ४ : ३४ बजे

आज २०८२ साल चैत ३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ३  गते मंगलबार चैत

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट