रास्वपा संसदीय दलको बैठक बुधबार, के–के छन् एजेन्डा ? « Khabarhub

रास्वपा संसदीय दलको बैठक बुधबार, के–के छन् एजेन्डा ?


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुधबार संसदीय दलको बैठक बोलाएको छ। दिउँसो २ बजे संसदीय दलको कार्यालयमा बैठक बस्न लागको हो । 

भोलिको बैठकमा दर्ता भएका ६ वटा अध्यादेशको सन्दर्भमा कुराकानी हुने एजेन्डा छ । यस्तै नीति मन्थन विभाग र कानून विभागको संयन्त्रको विषयमा पनि छलफल हुने छ । 

रास्वपाले ६ वटा अध्यादेशको सन्दर्भमा अस्वीकार गरियोस् भन्ने सूचना संसद् सचिवालयमा दर्ता गरिसकेको छ । भोलिको बैठकमा अहिलेसम्म भएका ६ वटा अध्यादेशको विषयमा कसले कस्तो प्रस्तुति गर्ने भन्नेबारे छलफल हुने छ । 

यस्तै सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई निलम्बन फुकुवा गर्न दिएको पत्रको सन्दर्भमा पनि कुराकानी हुने छ । लामिछानेले १८ गते सभामुखलाई आफ्नो सांसद पद निलम्बन गरिदिन आग्रह गर्दै पत्र बुझाएका छन् । सभामुखले अध्ययन गरेर जवाफ दिने बताएका थिए । 

रास्वपाले २४ गते हुने प्रतिनिधि सभामा पाथीभरा केवलकार विवादको विषयमा पनि उठाउने तयारी गरेको छ ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ४ : ३४ बजे

फराह खान निर्देशनमा फिर्ता, शाहरुखसँग नयाँ फिल्मको तयारी

काठमाडौं– बलिउडकी चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खानले लामो समयपछि

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल