कांग्रेसको प्रशिक्षणमा विज्ञको निष्कर्ष– ०४६ पछि पार्टी बिग्रिँदै गयो « Khabarhub

कांग्रेसको प्रशिक्षणमा विज्ञको निष्कर्ष– ०४६ पछि पार्टी बिग्रिँदै गयो


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य डा. कृष्णप्रसाद पौडेलले ०४६ पछि पार्टी बिग्रिँदै गएको बताएका छन् । 

प्रतिष्ठानले कास्कीको पोखरामा आयोजना गरेको दुईदिने अभिमुखीकरण कार्यक्रमको बन्दसत्रमा प्रस्तुत गरेको कार्यपत्रमार्फत उनले ०४६ पछि कांग्रेस बिग्रिँदै गएको बताएका हुन् । 

कांग्रेसले ७७ वटै जिल्लाका सभापति र जिल्ला प्रशिक्षण शाखा प्रमुखहरू (उपसभापति)का लागि संगठन र समसामयिक सन्दर्भमा दुईदिने अभिमुखीकरण आयोजना गरेको छ । अभिमुखीकरणको बन्दसत्रमा डा. पौडेलले ‘कांग्रेसको नेतृत्वमा भएका आर्थिक सामाजिक विकास’ विषयक कार्यपत्रमा पेस गरेका छन् । 

‘२०४६ सालसम्म : राजनीति त्याग, निष्ठा, आदर्श र समर्पण थियो । २०४६–२०५१ सम्म : सेवामा समर्पित रह्यो,’ कार्यपत्रमा लेखिएको छ, ‘२०५१ पछाडि राजनीति पेशा र व्यवसायमा परिणत भएको छ । अहिलेको राजनीतिमा त्याग, निष्ठा, आदर्श, समर्पण र सेवाभाव न्यून हुँदै गएको छ ।’ 

प्रतिष्ठानका सदस्य पौडेलले राजनीतिलाई सेवा भावमा नै समर्पित गर्न आवश्यक रहेकोमा पनि जोड दिएका छन् । जिल्ला सभापति र उपसभापतिहरूभन्दा अघि सोमबार कांग्रेसले ७ वटै प्रदेशका सभापतिहरूलाई पनि अभिमुखीकरण तालिम दिएको थियो ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ४ : ३९ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार