कांग्रेसको प्रशिक्षणमा विज्ञको निष्कर्ष– ०४६ पछि पार्टी बिग्रिँदै गयो | Khabarhub Khabarhub

कांग्रेसको प्रशिक्षणमा विज्ञको निष्कर्ष– ०४६ पछि पार्टी बिग्रिँदै गयो


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य डा. कृष्णप्रसाद पौडेलले ०४६ पछि पार्टी बिग्रिँदै गएको बताएका छन् । 

प्रतिष्ठानले कास्कीको पोखरामा आयोजना गरेको दुईदिने अभिमुखीकरण कार्यक्रमको बन्दसत्रमा प्रस्तुत गरेको कार्यपत्रमार्फत उनले ०४६ पछि कांग्रेस बिग्रिँदै गएको बताएका हुन् । 

कांग्रेसले ७७ वटै जिल्लाका सभापति र जिल्ला प्रशिक्षण शाखा प्रमुखहरू (उपसभापति)का लागि संगठन र समसामयिक सन्दर्भमा दुईदिने अभिमुखीकरण आयोजना गरेको छ । अभिमुखीकरणको बन्दसत्रमा डा. पौडेलले ‘कांग्रेसको नेतृत्वमा भएका आर्थिक सामाजिक विकास’ विषयक कार्यपत्रमा पेस गरेका छन् । 

‘२०४६ सालसम्म : राजनीति त्याग, निष्ठा, आदर्श र समर्पण थियो । २०४६–२०५१ सम्म : सेवामा समर्पित रह्यो,’ कार्यपत्रमा लेखिएको छ, ‘२०५१ पछाडि राजनीति पेशा र व्यवसायमा परिणत भएको छ । अहिलेको राजनीतिमा त्याग, निष्ठा, आदर्श, समर्पण र सेवाभाव न्यून हुँदै गएको छ ।’ 

प्रतिष्ठानका सदस्य पौडेलले राजनीतिलाई सेवा भावमा नै समर्पित गर्न आवश्यक रहेकोमा पनि जोड दिएका छन् । जिल्ला सभापति र उपसभापतिहरूभन्दा अघि सोमबार कांग्रेसले ७ वटै प्रदेशका सभापतिहरूलाई पनि अभिमुखीकरण तालिम दिएको थियो ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ४ : ३९ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग