नेपालमा फेसबुक र टिकटक लोकप्रिय भइरहँदा कांग्रेसमा डिजिटल टिम बनाउने प्रस्ताव « Khabarhub

नेपालमा फेसबुक र टिकटक लोकप्रिय भइरहँदा कांग्रेसमा डिजिटल टिम बनाउने प्रस्ताव


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले सामाजिक सञ्जाल फेसबुकका नेपाली प्रयोगकर्ता एक करोड नाघेको भन्दै पार्टीमा ‘डिजिटल टिम’ बनाउन छलफल सुरू गरेको छ ।

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले नेपालीमाझ फेसबुक लोकप्रिय बन्दै गएको भन्दै पार्टीको ‘डिजिटल टिम’ बनाउने छलफल सुरू गरेको हो ।

जिल्ला सभापति र जिल्ला प्रशिक्षण शाखा प्रमुखहरूका लागि संगठन र समसामयिक सन्दर्भमा पोखरामा आयोजित दुईदिने अभिमुखीकरण कार्यक्रममा प्रतिष्ठानका तर्फबाट पेस भएको कार्यपत्रमा चार तहको ‘डिजिटल टिम’को संरचना परिकल्पना गरिएको छ ।

प्रतिष्ठानका सदस्य विश्वदीप लामिछानेले अभिमुखीकरणको बन्दसत्रमा पेस गरेको ‘नेपाली कांग्रेसको संगठन विस्तारमा प्रविधिको प्रयोग र प्रभाव’ विषयक कार्यपत्रमा केन्द्रदेखि स्थानीय तहसम्म चारवटा टिमको परिकल्पना गरिएको हो ।

कार्यपत्रमा ‘डिजिटल टिम’को संरचनामा राष्ट्रिय, प्रदेश, जिल्ला र स्थानीय टिमको परिकल्पना गरिएको छ ।

लामिछानेले कार्यपत्रमा नेपालमा एक करोड ३५ लाख (जनसंख्याको ४३.५ प्रतिशत) नागरिकले फेसबुकको प्रयोग गर्ने गरेको उल्लेख छ । यस्तै इन्सटाग्रामका ३६ लाख, एक्स (ट्विटर)का ६ लाखभन्दा बढी र टिकटकका नेपाली प्रयोगकर्ता १५ लाख रहेका पनि कार्यपत्रमा भनिएको छ ।

लामिछानेका अनुसार एक करोड आठ लाख ५० हजार नेपालीले फेसबुक म्यासेन्जर प्रयोग गरिरहेका छन् । कार्यपत्रमा खाडी र मलेसियामा २० लाख तथा भारतबाहेकका अन्य मुलुकमा २५ लाख नेपालीले सामाजिक सञ्जाल प्रयोग गर्ने गरेको उल्लेख छ ।

सामाजिक सञ्जालमार्फत् मतदाताहरूसँग सजिलै सम्पर्क गर्न सकिने, उनीहरूलाई संगठित गर्न सकिने र मतदानका लागि प्रेरित गर्न सकिने लामिछानेको तर्क छ ।

उनले कार्यपत्रमा लेखेका छन्, ‘सामाजिक सञ्जालले स्थानीय कार्यकर्ताहरूलाई सजिलै पार्टीसँग जोड्न मद्दत गर्छ । सामाजिक सञ्जालमार्फत् दलले आफ्ना विचार प्रवर्द्धन गर्न र प्रतिपक्षीहरूलाई जवाफ दिन सक्छन् ।’

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ५ : ३६ बजे

देउमाई खोलाको पक्की पुल संरक्षण गरिँदै

इलाम– इलामको पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिका र देउमाई नगरपालिका जोड्ने

सरकारका प्रवक्ता र सम्पादकबीच छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र विभिन्न सञ्चार माध्यमका

लुगा सुकाउने क्रममा करेन्ट लागेर २२ वर्षीया महिलाको मृत्यु

कञ्चनपुर– कृष्णपुर नगरपालिका-५ गजरौला बस्ने २२ वर्षीया लक्ष्मी नेपालीको करेन्ट लागेर सोमबार

कोशी अस्पतालको नयाँ भवन समयमै सम्पन्न नहुँदा बिरामीलाई सेवा प्रवाहमा समस्या

विराटनगर– कोशी अस्पतालको नयाँ भवन समयमा निर्माण हुन नसक्दा सेवाग्राहीले

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस