नेपालमा फेसबुक र टिकटक लोकप्रिय भइरहँदा कांग्रेसमा डिजिटल टिम बनाउने प्रस्ताव « Khabarhub

नेपालमा फेसबुक र टिकटक लोकप्रिय भइरहँदा कांग्रेसमा डिजिटल टिम बनाउने प्रस्ताव


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले सामाजिक सञ्जाल फेसबुकका नेपाली प्रयोगकर्ता एक करोड नाघेको भन्दै पार्टीमा ‘डिजिटल टिम’ बनाउन छलफल सुरू गरेको छ ।

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले नेपालीमाझ फेसबुक लोकप्रिय बन्दै गएको भन्दै पार्टीको ‘डिजिटल टिम’ बनाउने छलफल सुरू गरेको हो ।

जिल्ला सभापति र जिल्ला प्रशिक्षण शाखा प्रमुखहरूका लागि संगठन र समसामयिक सन्दर्भमा पोखरामा आयोजित दुईदिने अभिमुखीकरण कार्यक्रममा प्रतिष्ठानका तर्फबाट पेस भएको कार्यपत्रमा चार तहको ‘डिजिटल टिम’को संरचना परिकल्पना गरिएको छ ।

प्रतिष्ठानका सदस्य विश्वदीप लामिछानेले अभिमुखीकरणको बन्दसत्रमा पेस गरेको ‘नेपाली कांग्रेसको संगठन विस्तारमा प्रविधिको प्रयोग र प्रभाव’ विषयक कार्यपत्रमा केन्द्रदेखि स्थानीय तहसम्म चारवटा टिमको परिकल्पना गरिएको हो ।

कार्यपत्रमा ‘डिजिटल टिम’को संरचनामा राष्ट्रिय, प्रदेश, जिल्ला र स्थानीय टिमको परिकल्पना गरिएको छ ।

लामिछानेले कार्यपत्रमा नेपालमा एक करोड ३५ लाख (जनसंख्याको ४३.५ प्रतिशत) नागरिकले फेसबुकको प्रयोग गर्ने गरेको उल्लेख छ । यस्तै इन्सटाग्रामका ३६ लाख, एक्स (ट्विटर)का ६ लाखभन्दा बढी र टिकटकका नेपाली प्रयोगकर्ता १५ लाख रहेका पनि कार्यपत्रमा भनिएको छ ।

लामिछानेका अनुसार एक करोड आठ लाख ५० हजार नेपालीले फेसबुक म्यासेन्जर प्रयोग गरिरहेका छन् । कार्यपत्रमा खाडी र मलेसियामा २० लाख तथा भारतबाहेकका अन्य मुलुकमा २५ लाख नेपालीले सामाजिक सञ्जाल प्रयोग गर्ने गरेको उल्लेख छ ।

सामाजिक सञ्जालमार्फत् मतदाताहरूसँग सजिलै सम्पर्क गर्न सकिने, उनीहरूलाई संगठित गर्न सकिने र मतदानका लागि प्रेरित गर्न सकिने लामिछानेको तर्क छ ।

उनले कार्यपत्रमा लेखेका छन्, ‘सामाजिक सञ्जालले स्थानीय कार्यकर्ताहरूलाई सजिलै पार्टीसँग जोड्न मद्दत गर्छ । सामाजिक सञ्जालमार्फत् दलले आफ्ना विचार प्रवर्द्धन गर्न र प्रतिपक्षीहरूलाई जवाफ दिन सक्छन् ।’

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ५ : ३६ बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन