कांग्रेसमा डिजिटल टिम बनाउन छलफल  « Khabarhub

कांग्रेसमा डिजिटल टिम बनाउन छलफल 


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले सामाजिक सञ्जाल फेसबुकका नेपाली प्रयोगकर्ता एक करोड नाघेको भन्दै पार्टीको ‘डिजिटल टिम’ बनाउने छलफल सुरु गरेको छ । 

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले नेपालीमाझ फेसबुक लोकप्रिय बन्दै गएको भन्दै पार्टीको ‘डिजिटल टिम’ बनाउने छलफल सुरु गरेको हो । 

जिल्ला सभापति र जिल्ला प्रशिक्षण शाखा प्रमुखहरूका लागि संगठन र समसामयिक सन्दर्भमा पोखरामा आयोजित दुईदिने अभिमुखीकरण कार्यक्रममा प्रतिष्ठानका तर्फबाट पेस भएको कार्यपत्रमा चार तहको ‘डिजिटल टिम’को संरचना परिकल्पना गरिएको छ । 

प्रतिष्ठानका सदस्य विश्वदीप लामिछानेले अभिमुखीकरणको बन्दसत्रमा पेस गरेको ‘नेपाली कांग्रेसको संगठन विस्तारमा प्रविधिको प्रयोग र प्रभाव’ विषयक कार्यपत्रमा केन्द्रदेखि स्थानीय तहसम्म चारवटा टिमको परिकल्पना गरिएको हो ।

कार्यपत्रमा ‘डिजिटल टिम’को संरचनामा राष्ट्रिय, प्रदेश, जिल्ला र स्थानीय टिमको परिकल्पना गरिएको छ । लामिछानेले कार्यपत्रमा नेपालमा एक करोड ३५ लाख (जनसंख्याको ४३.५ प्रतिशत) नागरिकले फेसबुकको प्रयोग गर्ने गरेको उल्लेख छ । यस्तै एक्स (ट्विटर)का ४६ लाखबढी, टिकटकका १५ लाख नेपाली प्रयोगकर्ता रहेका पनि कार्यपत्रमा भनिएको छ । 

लामिछानेका अनुसार १ करोड साढे आठ लाख नेपालीले फेसबुक म्यासेन्जर प्रयोग गरिरहेका छन् । कार्यपत्रमा खाडी र मलेसियामा २० लाख तथा भारतबाहेकका अन्य मुलुकहरूमा २५ लाख नेपालीले सामाजिक सञ्जालको प्रयोग गर्ने गरेको उल्लेख छ ।  

सामाजिक सञ्जालमार्फत् मतदाताहरूसँग सजिलै सम्पर्क गर्न सकिने, उनीहरूलाई संगठित गर्न सकिने र मतदानका लागि प्रेरित गर्न सकिने लामिछानेको तर्क छ । 

उनले कार्यपत्रमा लेखेका छन्, ‘सामाजिक सञ्जालले स्थानीय कार्यकर्ताहरूलाई सजिलै पार्टीसँग जोड्न मद्दत गर्छ । सामाजिक सञ्जालमार्फत् दलले आफ्ना विचार प्रवर्द्धन गर्न र प्रतिपक्षीहरूलाई जवाफ दिन सक्छन् ।’

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ६ : १० बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख