घरेलु हिंसामा परेकै हुन् त बीमाकुमारी दुरा ? « Khabarhub

घरेलु हिंसामा परेकै हुन् त बीमाकुमारी दुरा ?


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


8.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वरिष्ठ लोक दोहोरी गायिका सामाजिक सञ्जालमा नियमित सक्रिय भइरहन्छिन् । ९० को दशककी सर्वाधिक व्यस्त गायिकामध्ये एक उनी अहिले गायनमा धेरै सक्रिय छैनन् ।

केही वर्षअघि उनी अमेरिकामा स्थायी बसोबास गर्ने गरी गएकी थिइन् । अमेरिका जानुअघि उनी गोंगबुको आफ्नो घर ठगले हडपेको समस्या मिडियामा आएर बोलेकी थिइन् ।

उनी अमेरिका जानुको प्रमुख कारण पनि त्यही रहेको धेरैको बुझाइ छ । उनले त्यसबेला सामाजिक सञ्जालमा लेखेकी थिइन्, ‘नेपाली जनताले सेवा पाउन्, म जस्तो रोएर हिँड्नु नपरोस्, मेरा देशका जनताले ।’

उनी अमेरिकामा छोरी र श्रीमानसँग बस्दै आएकी थिइन् । त्यहाँ रहँदा डुलेघुमेका भिडियोहरू सामाजिक सञ्जालमा हालिरहन्छिन् ।

केही महिनायता सामाजिक सञ्जालमा उनले नेपालका मुस्ताङसहित विभिन्न स्थानमा पुगेको र नाचेको भिडियो सार्वजनिक गरिरहेकी छन् ।

तर उनैले टिकटक एकाउन्ट पोस्ट गरेका दुईवटा भिडियो फ्यानहरूको चिन्ता बढाउने किसिमका छन् । अर्थात् ती दुई भिडियोले उनी कुनै न कुनै समस्यामा रहेको संकेत गर्छन् ।

ती दुवै भिडियोले उनी समस्यामा परेको संकेत दिन्छन्, अर्थात् उनी कसै न कसैबाट घरेलु हिंसाको शिकार भएको कुरा ती भिडियोले संकेत गरेका छन् ।

उनले टेलिभिजनको भिडियो राख्दै लेखेकी छन्, ‘घरको सामान पनि फोरिदिने ?’ भिडियोमा एकजना पुरुषले भुइँमा राखिएको टेलिभिजन सेट खोल्दै गरे जस्तो देखिन्छ ।

उक्त भिडियोमा निरुता केसी महत कमेन्टमा सोधेकी छन्, ‘के कति कारणले फोडिदियो दिदी त्यो सामानहरू ?’

दुराले निरुतालाई जवाफ फर्काएकी छन्, ‘मेरो कान्छो भाइले ल्याएको टीभी हो । त्यत्तिकै राखिरहेको थिएँ । दिउँसो फोर्दै रहेछ बहुमूल्य चिजहरू छ भन्दै ।’

यद्यपि उनले कसले टीभी फोडेको भन्नेबारे स्पष्ट खुलाएकी छैनन् । १३ घण्टाअघि मात्रै उनले अर्को भिडियो टिकटकमा हालेकी छन् । त्यस भिडियोमा थर्मस प्रहार गरिए पनि आफू जोगिन सफल भएको, बाँचेको उल्लेख गरेकी छन् ।

उनले लेखेकी छन्, ‘यो तामाको थर्मसले हानेको हो । यदि चोट लागेको भए अहिले यो धर्तीमा रहने थिइनँ होला । हजुरहरूले लाश पनि लेख्न पाउने थिएनँ । म सात समुद्र पारी थिएँ । म ढोका खोलेर भागिहालेँ ।’

उनले भिडियोमा थर्मस र थर्मस प्रहारले ढोकामा लागेका चोट पनि देखाएकी छन् । यो भिडियोमा समर्थकहरूले उनी घरेलु हिंसामा परेको आशंका गरेका छन् ।

केहीले कानुनी उपचारमा पनि लाग्न सल्लाह दिएका छन् । धेरैले चर्चित गायिका नै घरेलु हिंसामा परेको भन्दै चिन्ता व्यक्त गरिरहेका छन् ।

तर उनले यसबारेमा विस्तृतमा कुनै कुरा खुलाएकी छैनन् । उनले हालेका भिडियोबारेमा धेरै जिज्ञासा राखिरहेका छन् । तर उनले उत्तर नदिएकाले फ्यानहरूले अनेक आशंका गरिरहेका छन् ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ६ : ५६ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर