शेयर बजारमा ‘लो क्याप’ कम्पनीको दिन गएकै हो ? « Khabarhub

शेयर बजारमा ‘लो क्याप’ कम्पनीको दिन गएकै हो ?


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत साताको अन्तिम कारोबार दिन मङ्गलबार र यो साताको पहिलो दिन आइतबार उच्च अङ्कले बढेको शेयर बजारमा सोमबार भने सामान्य अङ्कको वृद्धि देखियो । मङ्गलबार भने दोहोरो अङ्ककै गिरावट चल्यो ।

गत मङ्गलबार साढे २४, आइतबार ६९.८० र मङ्गलबार २.४१ अङ्कले बढेको बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मङ्गलबार भने १४ अङ्कले घट्यो । त्यसमा पनि ‘लो क्याप’ (कम कित्ता शेयर भएका कम्पनी)का शेयर मूल्यमा उच्च गिरावट आएको देखियो ।

नेप्सेमा सूचीकरण भएकामध्ये फाइनान्स, विकास बैंक र ट्रेडिङ समूह अन्तर्गतका कम्पनीहरूलाई ‘लो क्याप’ कम्पनी मान्ने गरिएको छ ।

मङ्गलबार नेप्सेमा दोहोरो अङ्कको गिरावट आउँदा फाइनान्स, विकास बैंक र ट्रेडिङ समूह नै क्रमशः ४४, १५६ र २३ अङ्कले घट्यो ।

सोमबार नेप्से झिनो अङ्कले बढ्दा पनि फाइनान्स २८ र विकास बैंक समूह २३.७६ अङ्कले घट्यो । मङ्गलबार त नकारात्मक सर्किट लाग्ने चारवटा सबै कम्पनी विकास बैंकहरू मात्र थिए ।

‘लो क्याप’का कम्पनीमा आएको गिरावटसँगै अहिले त्यस्ता कम्पनीहरूको भविष्य सकिएको हो कि भन्ने चर्चा पनि बजारमा चल्न थालेको छ ।

एक ब्रोकर कम्पनीका सीईओका अनुसार अहिले लागानीकर्ताहरू ‘लो क्याप’ भएको कम्पनीलाई छाडेर फन्डामेन्टल (वित्तीय विवरण) राम्रो भएको कम्पनीहरूमा लगानी बढाउन थालेको बताउँछन् ।

‘फण्डामेन्टलतिर सिफ्ट गर्दैछन्’, ती ब्रोकर कम्पनीका सीईओले खबरहबसँग भने, ‘ठूला लगानीकर्ताहरू पनि बजारमा प्रवेश गरे भन्ने कुरा छ ।’

गत माघ १५ गते बुधबार नेप्सेले शेयर धितो राखेर कर्जा पाउने कम्पनीहरूको सूची सार्वजनिक गरेको थियो । नेप्सेले १०२ वटा कम्पनीको नाम सार्वजनिक गर्दा त्यसमा प्रायः फन्डामेन्टल राम्रो भएका कम्पनी नै थिए ।

नेप्सेको सूची हेर्दा हाई क्याप भएको कम्पनीको संख्या नै बढी देखिएको छ । नेप्सेले शेयरधितो कर्जा पाइने सूची सार्वजनिक गरेको प्रभाव पनि बजारमा देखिएको हुनसक्ने आकलन छ ।

यो पनि –

१०२ कम्पनीले मात्र शेयर धितोमा राखेर कर्जा पाउने

तर, केही दिनको बजारलाई हेरेर मात्र लो क्यापको दिन सकिएकै हो भन्ने भनिहाल्न नहुने ती सीईओ बताउँछन् । ‘भोलि (बुधवार) कन्फर्मेसन हुन्छ’, ती सीईओ भन्छन् ।

शेयर विश्लेषक तिलक कोइराला भने ‘लो क्याप’ कम्पनीहरूमा अहिले बजारका खेलाडीहरू फसेकाले निस्किन खोजिरहेको देखिएको बताउँछन् ।

‘सधैँ सानो पुँजीको कम्पनीको शेयर मूल्य उचाल्न लाग्दा खरिद गर्ने मान्छे नै भेटिएका छैनन्, धेरै खेलाडी त्यस्ता कम्पनीको शेयरमा फसेका छन्’, कोइरालाले भने, ‘साना कम्पनीको मूल्य उचालेर माथि लग्यो, तर किन्ने मान्छे नआएपछि खेलाडी आफैँ फस्ने हुनाले उनीहरू त्यहाँबाट निक्लिने प्रयास गरिरहेका छन् ।’

फन्डामेन्टल र सप्लाई राम्रो रहेका कम्पनीको शेयर जतिबेला पनि बिक्री गर्न पाइने भएकाले पनि लो क्यापमा लगानी बढेको कोइरालाको भनाइ छ ।

‘फन्डामेन्टल राम्रो कम्पनी बैंकमा राखेर लोन पनि पाइने, अलि अलि लाभांश पनि पाइने र कम्पनीको आधारभूत अवस्थाले पनि सहयोग गर्ने हुनाले अब खेलाडीहरूले साना कम्पनी छाडेर अलिकति मध्यम स्वथरको राम्रो नटवर्थ भएको, सप्लाई राम्रो भएको र पब्लिकको सेन्टिमेन्ट पनि भएको कम्पनीहरू छनोट गरेका हुन सक्छन्’, कोइरालाले भने, ‘बजारलाई फन्डामेन्टल कम्पनीहरूले लिड गरे भने त्यो राम्रो पक्ष हो ।’

लो क्याप भएको हाइड्रोका कम्पनीहरूमा लगानीकर्ताले लगानी बढाएको शेयर विश्लेषक राजु पौडेल बताउँछन् । ‘बैंकतिर लगानीकर्ता गएको देखिँदैन’, पौडेलले भने, ‘सोमबार बैंकको शेयर बढ्न खोजेको थियो, आज मङ्गलबार करेक्सन आइसक्यो बैंकमा पनि !’

बैंकको ब्याजदर घटेको फाइदा हाइड्रोले लिने र राम्रो रिपोर्ट आउने भएकाले तल्लो रेटमा भएका हाइड्रोका शेयरमा लगानीकर्ता बढेको पौडेलेको भनाइ छ ।

मङ्गलबारको बजारलाई हेर्ने हो भने पनि पौडेलले भनेको कुरा यथार्थनजिक देखिन्छ । मङ्गलबार हाइड्रो समूहकै शेयर बढी कारोबार भएको देखिएको छ ।

मङ्गलबार हाइड्रोका चार अर्ब ४० करोड रुपैयाँभन्दा बढीको ९३ लाख ८९ हजार भन्दा बढी कित्ता शेयर कारोबार भएको छ । जुन अन्य समूहको भन्दा बढी हो ।

‘बजार हिजै रातो हुनुपर्ने थियो, बैंक अलिकति थामिएका कारण हरियो भएको हो’, पौडेलले भने, ‘आज रातो भयो त्यो एकदम राम्रो छ, अब बजार बढ्छ ।’

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ७ : ०० बजे

अमेरिका–भारत अन्तरिम व्यापार सम्झौताको घोषणा

एजेन्सी– संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतका प्रधानमन्त्री

टी-२० विश्वकपको पहिलो खेलमा नेदरल्याण्ड्सविरुद्ध पाकिस्तान तीन विकेटले विजयी

काठमाडौं- आईसीसी टी-२० विश्वकप अन्तर्गत पहिलो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई तीन

इस्लामाबादको मस्जिदमा विस्फोट : मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो

एजेन्सी– इस्लामावादको एक शिया मस्जिदमा इस्लामिक स्टेट समूह (आईएस) ले दावी

निर्वाचन चहलपहलसँगै आर्थिक गतिविधिमा बढोत्तरी

महोत्तरी– महोत्तरीमा निर्वाचनको चहलपहल बडढेसँगै आर्थिक गतिविधिमा पनि बढोत्तरी हुन

ओबामाको अनुहार भएका बाँदरको भिडियो हालेपछि ट्रम्प आलोचित; गरे निन्दा, मागेनन् माफी

काठमाडौं- पूर्वराष्ट्रपति दम्पत्ति बाराक र मिशेल ओबामालाई बाँदरको स्वरुप दिएको