प्रेस युनियनले प्रदेश र शाखा अध्यक्षहरूको राष्ट्रिय सम्मेलन गर्ने « Khabarhub

प्रेस युनियनले प्रदेश र शाखा अध्यक्षहरूको राष्ट्रिय सम्मेलन गर्ने


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रेस युनियनले प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय सम्मेलन गर्ने भएको छ । 

युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा आज बसेको केन्द्रीय सचिवालय समितिको बैठकले आगामी फागुन ५ गते प्रदेश अध्यक्षहरूको राष्ट्रिय सम्मेलन र ६ र ७ गते जिल्ला अध्यक्षहरूको राष्ट्रिय सम्मेलन काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको महासचिव दिलीप पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रदेश अध्यक्षहरूको सम्मेलनको व्यवस्थापकीय तयारीका लागि केन्द्रीय उपाध्यक्ष जीवन भण्डारीको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिको सदस्यहरूमा युनियनका उपत्यका तथा प्रतिष्ठान प्रदेशका अध्यक्ष लिलाराज खनाल र केन्द्रीय सदस्य पेशाल आचार्य रहेका छन् ।

त्यसैगरी जिल्ला अध्यक्षहरूको सम्मेलनको व्यवस्थापकीय तयारीका लागि केन्द्रीय उपाध्यक्ष नकुल अर्यालको संयोजकत्वमा तयारी समिति गठन गरिएको छ।

समितिको सदस्यमा उपत्यका तथा प्रतिष्ठान प्रदेशका अध्यक्ष लिलाराज खनाल, काठमाडौँका जिल्ला अध्यक्ष महेश गौतम, ललितपुरका जिल्ला अध्यक्ष केदारनाथ दाहाल र भक्तपुरका जिल्ला अध्यक्ष रोशन शिल्पकार रहेका छन् ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ७ : ५१ बजे

प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी

भक्तपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण