फिल्म ‘कर्मा’मा विपिनको एक्सन अवतार, यस्तो छ सेटबाट बाहिरिएको तस्बिर | Khabarhub Khabarhub

फिल्म ‘कर्मा’मा विपिनको एक्सन अवतार, यस्तो छ सेटबाट बाहिरिएको तस्बिर


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता विपिन कार्की पहिलो पटक एक्सन अवतारमा देखिँदैछन् । उनलाई निर्देशक सौरभ चौधरीले फिल्म ‘कर्मा’मा एक्सन अवतारमा उतार्न लागेका हुन् ।

यो फिल्मको छायाङ्कन पूरा भएर पोस्ट प्रोडक्सनको काम जारी छ । नयाँ वर्ष लक्षित गरी अर्थात् चैत २९ बाट फिल्म प्रदर्शनमा आउने निर्माण पक्षले घोषणा गरेको छ ।

फरक भूमिकामा देखिन रुचाउने विपिन यस फिल्मलाई लिएर उत्साहित देखिन्छन् । पहिलो एक्सन फिल्म गर्न उनले जिम धाएर ज्यानलाई सुगठित बनाएका छन् ।

हरेक फिल्ममा विल्कुलै फरक चरित्रमा देखिनु विपिनको विशेषता हो । एक्सन फिल्ममा उनी कस्तो भूमिकामा देखिएलान् ? यो उनलाई रुचाउने दर्शकको चासोको विषय छ ।

केही दिनअघि सार्वजनिक पोस्टरले यो कौतुहलमा केही हदसम्म कम गरेको छ ।

खबरहबलाई फिल्ममा उनले निर्वाह गरेको चरित्र खुल्ने तस्बिर प्राप्त भएको छ । जुन, यही फिल्मको छायाङ्कनका क्रममा दाङमा खिचिएको हो ।

उक्त तस्बिरमा विपिनले लेदरको ज्याकेटभित्र हुडी लगाएका छन् । उनको कपाल छोटो र दाह्री–जुँगा काटिएको छ । तस्बिरमा हेर्दा विपिन फिट ‘स्मार्ट युवा’ देखिएका छन् ।

उक्त तस्बिरमा विपिनको देब्रे काननजिक चोट देख्न सकिन्छ । उक्त चोट भने एक्सन दृश्यका लागि गरिएको मेकअप हो ।

निर्देशक चौधरीका अनुसार विपिनले यो चरित्रका लागि निकै मिहिनेत गरेका थिए । उनले जिम धाएर तौल पनि घटाएका थिए ।

चौधरी भन्छन्, ‘हामीले विपिनलाई कथाअनुसार तयार पारेका छौँ । उहाँले पनि त्यस्तै मिहिनेत गर्नुभयो ।’

अबको केही समयमै फिल्मको टिजर सार्वजनिक हुने र विपिनको मिहेनत त्यसैमा देखिने चौधरी बताउँछन् ।

कर्मामा विपिन र उपासना सिंह ठकुरी केन्द्रीय भूमिकामा छन् । नायक भुकुन भुसाल यही फिल्ममा पहिलो पटक खलपात्रको भूमिकामा देखिँदैछन् ।

यस फिल्मको कथा निर्देशक चौधरी आफैँले लेखेका हुन् । आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ७ : २३ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले