विजयकाे रोल रहेको ‘जनै हराएको बाहुन’ तीजमा प्रदर्शन, माग्ने बुढासँग प्रतिस्पर्धा « Khabarhub

विजयकाे रोल रहेको ‘जनै हराएको बाहुन’ तीजमा प्रदर्शन, माग्ने बुढासँग प्रतिस्पर्धा


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विसं २०८१ को हिट फिल्म हो, ‘पूर्णबहादुर सारङ्गी’ । यसले फिल्म इतिहासको सबैभन्दा बढी व्यापार गरेको छ । अर्कोतर्फ यही फिल्मबाट नायक विजय बरालले सहायक पात्रबाट नायकको परिचय पाएका छन् ।

विजयले यही फिल्ममा पहिलो पटक केन्द्रीय भूमिका निर्वाह गरेका थिए । फिल्म हिट भएपछि उनी अहिले चल्तीका नायकका रुपमा स्थापित भएका छन् ।

तर, उनी सहायक भूमिकामा रहेका फिल्म प्रदर्शनमा आइरहेका छन् । प्रदर्शनरत फिल्म ‘लाज शरणम्’मा पनि विजय सहायक भूमिकामा छन् । चैत १ बाट प्रदर्शनमा आउने फिल्म ‘राजागंज’मा पनि विजय सहायक भूमिकमा छन् ।

यी सबै फिल्म विजयले ‘पूर्णबहादुरको सारङ्गी’ हिट हुनभन्दा पहिला नै गरेका हुन् ।

‘पूर्णबहादुरको सारङ्गी’ पश्चात उनलाई केन्द्रीय भूमिकाका लागि प्रस्ताव आउने गरेको छ । आइरहेका छन् । उनले निकै सोचविचार गरेरै मात्र फिल्म छान्ने गरेका छन् ।

अब उनी कुन फिल्ममा देखिएलान् भन्ने दर्शकका लागि चासोको विषय छ । उनले दुई फिल्म ‘वरिष्ठ बलराम’ र ‘जनै हराएको बाहुन’लागि कागजी सम्झौता गरेका छन् ।

यी दुवैको प्रदर्शन मिति तोकिएको छ । विजय र नायक दयाहाङ राई केन्द्रीय भूमिकामा रहेको फिल्म ‘वरिष्ठ बलाराम’ आगामी लक्ष्मी पूजालाई तोकिएको छ । जुन फिल्मको छायाङ्न सुरु भइसकेको छ ।

विजयको अर्को फिल्म ‘जनै हराएको बाहुन’को छायाङ्कन सुरु भएको छैन । यसको प्रदर्शन मिति भने भदौ १० गते अर्थात् आगामी तीजलाई तोकिएको छ ।

निर्माण पक्षका अनुसार यो फिल्मको छायाङ्न चैत अन्तिम साताबाट सुरु हुनेछ । पूर्वनिर्धारित समयमै छायाङ्न सुरु भएको अवस्थामा दर्शकले विजय केन्द्रीय भूमिकामा रहेको दोस्रो फिल्मका रुपमा ‘जनै हराए बाहुन’ हेर्न पाउनेछन् ।

विजयको यो फिल्म र केदार घिमिरे ‘माग्ने बूढा’ केन्द्रीय भूमिकामा रहेको फिल्म ‘माग्ने राजा’ प्रदर्शन मिति एकै दिन तोकिएको छ ।

यी दुवै फिल्म पूर्वनिर्धारित मितिमा प्रदर्शन आए हलमा यी दुईको प्रतिस्पर्धा हुने देखिन्छ ।

‘जनै हराएको बाहुन’मा विजय र मनिष राउत फाइलन भएका छन् । फिल्मका अन्य कलाकार चयनको काम भने अझैँ बाँकी रहेको बुझिएको छ ।

पेपरक्लिप प्रालि ब्यानरमा बन्ने यस फिल्मको लेखक भानुभक्त ढकाल हुन् । हिमाल न्यौपानेले यही फिल्मबाट निर्देशनमा डेब्यू गर्दैछन् ।

त्यस्तै, फिल्म ‘माग्ने राजा’को छायाङ्कन फागुन १४ बाट सुरु भइसकेको छ । यस फिल्ममा केदारसहित नायिका वर्षा सिवाकोटी, कालकार विल्सनविक्रम राई, शिशिर वाङ्देल, मिस पबी, पुस्कर गुरुङलगायतको अभिनय रहेको छ ।

यस फिल्मका लेखक सामाप्यिराज तिमल्सेना हुन् । निर्देशक भने ऋषि लामिछाने हुन् । आरम्भ प्रडक्सनको प्रस्तुतिमा बन्ने यस फिल्मका निर्माता मुनाल घिमिरे हुन् ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ७ : ३३ बजे

डोटीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन वेस स्थापना

काठमाडौं– डोटीको जोरायल गाउँपालिका–२ स्थित बुडरमा सशस्त्र प्रहरी बल नेपालको विपद्

अव्यवस्थित बसोबासी र सुकुम्वासीलाई सेतो पुर्जा दिने

महोत्तरी– बर्दिवास नगर क्षेत्रका १० हजार २९८ जना अव्यवस्थित बसोबासी

हिरासतमा श्रीकृष्णको मृत्युबारे गृहमन्त्रीको जवाफ : प्रहरीले कुटपिट गरेको देखिएन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन

चिडियाखानामा पनि बर्डफ्लू देखिएपछि…

काठमाडौं– ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना परिसरभित्र रहेका जीवजन्तुहरूमा बर्डफ्लु संक्रमण

चलचित्र समाजको सामूहिक स्मृति र सांस्कृतिक पहिचान हो : सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्र मनोरञ्जनको