भारतको पुडुचेरीका विधायकहरू पोखरामा « Khabarhub

भारतको पुडुचेरीका विधायकहरू पोखरामा


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

गण्डकी– भारतको पुडुचेरी प्रदेशका सभामुख आर सेल्वमसहितको टोली मैत्रीपूर्ण भ्रमण तथा अनुभव आदानप्रदानका क्रममा सोमबार पोखरा आइपुगेको छ ।

गण्डकी प्रदेशसभाको निमन्त्रणमा आएको उक्त भ्रमणदलका सदस्यलाई सभामुख कृष्णप्रसाद धिताल, उपसभामुख बिनाकुमारी थापालगायले ढोका टोपी र माला लगाएर प्रदेशसभा परिसरमा स्वागत गरेका थिए ।

स्वागतपछि आयोजित परिचयात्मक कार्यक्रममा पुडुचेरीका सभामुख सेल्वमले गण्डकी प्रदेशसभाका सभामुखसहित प्रदेशसभा सदस्यलाई पुडुचेरी भ्रमणका लागि निमन्त्रणा गरेका छन् ।

उनले पोखराजस्तै पुडुचेरी पनि पर्यटकीय महत्वको स्थल भएको बताउँदै दुई प्रदेशबीचको पर्यटन विकासमा भ्रमणले सघाउ पुग्ने  विश्वास व्यक्त गरे । सो अवसरमा गण्डकी प्रदेशसभाका सभामुख धितालले दुई प्रदेशबीच मित्रवत् सम्बन्ध विस्तारमा भ्रमण महत्त्वपूर्ण रहेको बताए ।

उपसभामुख बिनाकुमारी थापाले दुई प्रदेशका बीच भएको अनुभव आदानप्रदानले संसदीय अभ्यासबारे थप बुझ्ने अवसर प्राप्त भएको बताइन् ।

सो अवसरमा गण्डकी प्रदेशसभाको संरचना, कामकारबाही र उपलब्धीबारे प्रस्तुतिकरण गरिएको थियो ।

भ्रमण टोलीमा पुडुचेरी प्रदेशका उपसभामुख पी राजवेलु, पर्यटनमन्त्री के लक्ष्मीनारायणनलगायत विधानसभा सदस्यहरू सहभागी छन् ।

उक्त टोलीले पोखराको पर्यटकीय तथा धार्मिकस्थलको भ्रमण गर्ने कार्यक्रम तय भएको गण्डकी प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ७ : ०८ बजे

गगन थापाको राजीनामा प्रकरण ‘स्टन्ट र मिडिया ट्रायल’ जस्तो देखियो : सूर्य थापा

काठमाडौं– नेकपा एमालेका नेता सूर्यबहादुर थापा क्षत्रीले नेपाली कांग्रेसका सभापति

मानव अधिकार तथा शान्ति समाजले गर्‍यो अमेरिकी राजदूतावास अगाडि प्रदर्शनी  

काठमाडौं– हाल जारी अमेरिका/इजरायल र इरानबीचको युद्धले विश्व शान्ति नराम्ररी

भृकुटीमण्डपमा सुरु भयो फ्लोरा एक्स्पो (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि २७औँ फ्लोरा एक्स्पो सुरु भएको छ

इरान युद्धमा एक्लिँदै ट्रम्प : नाटो देशहरूले भने, ‘त्यो हाम्रो लडाइँ होइन’

तेहरान- इरानमा सर्वोच्च नेता अली खामेनेईसहित ४० भन्दा बढी अधिकारी

दुई सय पाँच गोही राप्तीमा छाडियो

चितवन– चितवन राष्टिय निकुञ्जमा हुर्काइएका घडियाल गोहीमध्ये २५० गोहीलाई राप्ती