भारतको पुडुचेरीका विधायकहरू पोखरामा « Khabarhub

भारतको पुडुचेरीका विधायकहरू पोखरामा


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

गण्डकी– भारतको पुडुचेरी प्रदेशका सभामुख आर सेल्वमसहितको टोली मैत्रीपूर्ण भ्रमण तथा अनुभव आदानप्रदानका क्रममा सोमबार पोखरा आइपुगेको छ ।

गण्डकी प्रदेशसभाको निमन्त्रणमा आएको उक्त भ्रमणदलका सदस्यलाई सभामुख कृष्णप्रसाद धिताल, उपसभामुख बिनाकुमारी थापालगायले ढोका टोपी र माला लगाएर प्रदेशसभा परिसरमा स्वागत गरेका थिए ।

स्वागतपछि आयोजित परिचयात्मक कार्यक्रममा पुडुचेरीका सभामुख सेल्वमले गण्डकी प्रदेशसभाका सभामुखसहित प्रदेशसभा सदस्यलाई पुडुचेरी भ्रमणका लागि निमन्त्रणा गरेका छन् ।

उनले पोखराजस्तै पुडुचेरी पनि पर्यटकीय महत्वको स्थल भएको बताउँदै दुई प्रदेशबीचको पर्यटन विकासमा भ्रमणले सघाउ पुग्ने  विश्वास व्यक्त गरे । सो अवसरमा गण्डकी प्रदेशसभाका सभामुख धितालले दुई प्रदेशबीच मित्रवत् सम्बन्ध विस्तारमा भ्रमण महत्त्वपूर्ण रहेको बताए ।

उपसभामुख बिनाकुमारी थापाले दुई प्रदेशका बीच भएको अनुभव आदानप्रदानले संसदीय अभ्यासबारे थप बुझ्ने अवसर प्राप्त भएको बताइन् ।

सो अवसरमा गण्डकी प्रदेशसभाको संरचना, कामकारबाही र उपलब्धीबारे प्रस्तुतिकरण गरिएको थियो ।

भ्रमण टोलीमा पुडुचेरी प्रदेशका उपसभामुख पी राजवेलु, पर्यटनमन्त्री के लक्ष्मीनारायणनलगायत विधानसभा सदस्यहरू सहभागी छन् ।

उक्त टोलीले पोखराको पर्यटकीय तथा धार्मिकस्थलको भ्रमण गर्ने कार्यक्रम तय भएको गण्डकी प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ७ : ०८ बजे

जेन-जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जति धेरै प्रहार

वरिष्ठ र युवा पुस्ताबीचको मिलनबिन्दु मै हुँ : शेखर कोइराला

 काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र बरिष्ठ र

कम्युनिस्ट पार्टी बलियो भए लोकतन्त्रले मान्यता पाउँछ : अध्यक्ष ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई राष्ट्रिय

एमाले खरानीबाट उठेर अजम्बर बनेको छ : अध्यक्ष ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन समय

युवाको भावनाअनुरूप काम गर्नुपर्छ : पम्फा भुसाल

ढोरपाटन– नेपाली कम्युनिष्ट पार्टीका नेत्री पम्फा भुसालले चुनावका माध्यमबाट सरकारमा