च्याम्पियन्स ट्रफी: आज भारत र अस्ट्रेलियाको सेमिफाइनल भिडन्त « Khabarhub

च्याम्पियन्स ट्रफी: आज भारत र अस्ट्रेलियाको सेमिफाइनल भिडन्त

दुबईको मैदानमा स्पिनरको भर


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

यूएई – भारत र अस्ट्रेलियाबीच च्याम्पियन्स ट्रफीको सेमिफाइनल खेल दुबईमा मंगलबार अपराह्न हुँदैछ। नेपाली समय अनुसार २ बजेर ४५ मिनेटमा सो खेल सुरु हुनेछ। दुबईको टर्निङ पिचमा भारतलाई बलियो दाबेदार मानिएको छ।

पाकिस्तानमा खेल्न नजाने निर्णय भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले गरेपछि आइसिसीले हाइब्रिड मोडलमा प्रतियोगिताको तयारी गरेको छ। लाहोर र कराँचीको बाउन्स पिचमा कुनै पनि खेल खेल्न नपरेपछि दक्षिण अफ्रिका, न्युजिल्यान्ड र अस्ट्रेलियाको सामु भारतलाई लाभ मिलेको छ।

न्युजिल्यान्डसँगको समूह चरणको अन्तिम खेल पनि स्पिनर वरुण चक्रवर्तीले नै जिताएका थिए। सोही टोली अस्ट्रेलियासँगको सेमिफाइनलमा खेल्ने छ।

अस्ट्रेलिया भने प्रारम्भिक ब्याट्सम्यान म्याट सर्टलाई चोटका कारण गुमाउने भएको छ। अहिलेसम्म तीन मात्र एक दिवसीय अन्तर्राष्ट्रिय खेलेका २१ वर्षीय कुपर कोनोलीलाई अस्ट्रेलियाले बोलाएको छ।

अस्ट्रेलियाले जोस इङ्लिसलाई पारीको सुरुवात गराउँदै सिमर एरोन हार्डीलाई टोलीमा समावेश गर्न सक्ने छ। अर्को विकल्पमा आक्रामक ब्याट्सम्यान ज्याक फ्रेजर म्याक गुरुकलाई सुरुमा खेलाउन सक्नेछ। कोनोलीलाई समावेश गरे एक बायाँ हाते स्पिनरको विकल्प पनि रहने छ।

स्पिन आक्रमण बलियो भए पनि भारतको डेथ बलिङको परीक्षण भएको छैन। सबै भन्दा भरपर्दा बलर जसप्रित बुमराहको अभाव भारतले अहिलेसम्म महसुस गर्नु परेको छैन।

न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीच दोस्रो सेमिफाइनल पाकिस्तानमा बुधबार हुनेछ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ७ : २८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया