माध्यमिकी परिक्रमाका यात्री महोत्तरीको मडैमा « Khabarhub

माध्यमिकी परिक्रमाका यात्री महोत्तरीको मडैमा


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– मिथिला माध्यमिकी परिक्रमाका यात्री आज महोत्तरी गाउँपालिकाको मडै पुगेका छन् । सोमबार जलेश्वरमा पाँचौँ दिनको रात्रि विश्राम गरेका उनीहरु मिथिलाविहारी (श्रीराम) र किशोरीजी (सीताजी)का प्रतिमा राखिएका डोला (डोली) साथ मडै पुगेका हुन् ।

मडैमा डोलासहितका यात्रीलाई महोत्तरी गाउँपालिकाका अध्यक्ष दिलीपकुमार पाण्डेसहितका गाउँवासीले स्वागत गरेका छन् ।

आइतबार मटिहानीबाट महोत्तरी प्रवेश गरेका यात्रीको जिल्लाको तेस्रो र यात्राको छैटौँ दिनको पडावस्थल (विश्रामस्थल) हो ।

जलेश्वरबाट चार किलोमिटरको दूरीको मडै अहिले परिक्रमाका यात्री र परिक्रमा मेला हेर्न आउनेको भीडले खचाखच छ । मडै पुगेपछि यात्रामा महोत्तरीको कुल दूरी २५ किलोमिटरमध्ये नौ किलोमिटर पूरा भएको छ । अब सातौँ दिन ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवन रात्रिबासपछि महोत्तरीको यात्रा पूरा हुनेछ ।

फागुन औँसीका दिन धनुषाको कचुरीस्थित मिथिलाविहारी मन्दिरबाट सुरु भएको १५ दिने डोलायात्रामा धनुषा, महोत्तरी र भारतको मधुवनीसहितका एक सय ३३ किलोमिटरको वृत्तभित्र यात्रा गरिन्छ । यसमा महोत्तरीमा पाँच, धनुषामा छ र मधुवनीमा चार रात्रिबासको परम्परा छ ।

अघि त्रेतायुगमा राम सीताले विवाहपश्चात मिथिलाका विभिन्न क्षेत्रमा वनविहार गरेका पदचाप पछ्याउँदै १८औँ शताब्दीमा परिक्रमा परम्परा सुरु भएको मानिन्छ । राम सीताको डोलासहित गरिने यो यात्रा कल्याणदायक र मोक्षदायक रहेको मैथिल जनविश्वास छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  १० : ४० बजे

प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रले के भन्यो ?

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको महासभाले अति कम विकसित मुलुकको सूचीबाट नेपालको

सरकारले गर्‍यो एनप्याब्सनलाई निलम्बन

काठमाडौँ – राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम सञ्चालनमा रहेको राष्ट्रिय

एनपीएल : राहुलको छ विकेट, प्रतिस्पर्धामा सोमपाल र अनिल, कसले कति विकेट लिए ?

काठमाडाैँ – राहुल यादव नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ९५औँ

नेप्से ५.४५ अङ्कले घट्यो, कारोबार कति ?

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज  सामान्य  अङ्कले