टीकाथलीमा बोरिङ गर्दा निस्कियो ग्यास (तस्बिरहरू) « Khabarhub

टीकाथलीमा बोरिङ गर्दा निस्कियो ग्यास (तस्बिरहरू)


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुरको महलाक्ष्मी नगरपालिका-५ टीकाथलीमा जमिन खनेर पानी निकाल्ने क्रममा (बोरिङ) गर्दा ग्यास निस्किएर लागेको आगो निभाइएको छ ।

टीकाथलीस्थित गोदावरी खोलानजिकै बोरिङ गरेको ठाउँमा ग्यास निस्किएर मंगलबार बिहानदेखि आगोसमेत लागेको थियो । बिहान ८: ३० बाट बलेको आगो नियन्त्रण गरिएको हो ।

पानीका लागि बोरिङ खन्ने क्रममा ग्यास निस्केर आगो लागेको ललितपुर प्रहरीले जनाएको छ । आगो निभाइए पनि यो ठाउँमा ग्यास भने अझै निस्किरहेको स्थानीयले बताएका छन् ।

करिब ९ सय फिट खनिसकेपछि ग्यास निस्किएर आगो बलेको थियो । बोरिङ खन्ने क्रममा एक्कासि आगोको मुस्लासहितको ग्यास निस्केपछि स्थानीय त्रसित भएका छन् । आगोको ज्वाला निस्किएपछि बोरिङ खन्न रोकिएको छ ।

महालक्ष्मी नगरपालिकाका केही स्थानमा यसअघि पनि इनार र बोरिङ खन्ने क्रममा ग्यास निस्किने गरेको थियो ।

हेर्नुहोस् तस्बिरहरु :

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  १२ : ४२ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति