टीकाथलीमा बोरिङ गर्दा निस्कियो ग्यास (तस्बिरहरू) « Khabarhub

टीकाथलीमा बोरिङ गर्दा निस्कियो ग्यास (तस्बिरहरू)


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुरको महलाक्ष्मी नगरपालिका-५ टीकाथलीमा जमिन खनेर पानी निकाल्ने क्रममा (बोरिङ) गर्दा ग्यास निस्किएर लागेको आगो निभाइएको छ ।

टीकाथलीस्थित गोदावरी खोलानजिकै बोरिङ गरेको ठाउँमा ग्यास निस्किएर मंगलबार बिहानदेखि आगोसमेत लागेको थियो । बिहान ८: ३० बाट बलेको आगो नियन्त्रण गरिएको हो ।

पानीका लागि बोरिङ खन्ने क्रममा ग्यास निस्केर आगो लागेको ललितपुर प्रहरीले जनाएको छ । आगो निभाइए पनि यो ठाउँमा ग्यास भने अझै निस्किरहेको स्थानीयले बताएका छन् ।

करिब ९ सय फिट खनिसकेपछि ग्यास निस्किएर आगो बलेको थियो । बोरिङ खन्ने क्रममा एक्कासि आगोको मुस्लासहितको ग्यास निस्केपछि स्थानीय त्रसित भएका छन् । आगोको ज्वाला निस्किएपछि बोरिङ खन्न रोकिएको छ ।

महालक्ष्मी नगरपालिकाका केही स्थानमा यसअघि पनि इनार र बोरिङ खन्ने क्रममा ग्यास निस्किने गरेको थियो ।

हेर्नुहोस् तस्बिरहरु :

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  १२ : ४२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको