एलजीको नि:शुल्क एसी सर्भिस र एक्स्चेन्ज क्याम्प « Khabarhub

एलजीको नि:शुल्क एसी सर्भिस र एक्स्चेन्ज क्याम्प


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गर्मी मौसम सुरु हुँदै गर्दा एलजीले ‘नि:शुल्क एसी सर्भिस र एक्स्चेन्ज क्याम्प’ सञ्चालनमा ल्याएको छ ।

 फाल्गुन  २० गतेदेखि सीमित अवधिको लागि नेपालका सम्पूर्ण एसीका ग्राहकलाई लक्षित गरी यो योजना अघि सारेको कम्पनीले जनाएको छ । 

यस योजनाअन्तर्गत कुनै पनि ब्रान्डको एसीमा नि:शुल्क सर्भिसिङ पाउनुका साथै पुरानो एसी साट्न चाहेमा ५० प्रतिशतसम्मको थप मूल्याङकनका साथ एलजीको एसीसँग साट्न सक्नेछन् ।   

कम्पनीका अनुसार यो सुविधा र सर्भिस लिनको लागि टोल फ्री नं १६६-००-१००-२११ वा ०१-५९७०२११ मा अथवा एलजीको सामाजिक सन्जाल पेज मार्फत आफ्नो विवरण रजिस्टर गराउनु पर्नेछ ।

कम्पनीका अनुसार रजिस्टर पश्चात एलजीका टेक्नीसियन घरमै गई यो सुविधा प्रदान गर्नेछन् । यस योजनामा थप सुविधा प्रदान गर्दै कम्पनीले ए.सी.को रिपेयरिङ गर्दा स्पेयर पार्टस् मा ५० प्रतिशतसम्म छुटका साथै नयाँ एलजीको ए.सी. खरिद गर्दा २०प्रतिशतसम्मको विशेष छुट प्रदान गरिएको छ ।

साथै नयाँ एसीमा ४००० रुपैयाँ बराबरको फ्री इन्स्टलेशन पनि पाइने छ । यसका साथै, एक्सचेन्ज योजनामा सहभागी हुने ग्राहकहरूले 2 वटा निःशुल्क सेवा कुपन  पाउनेछन्, जसको मूल्य ३००० रुपैयाँसम्म हुने कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  २ : २६ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी