प्रचण्डको हिसाब- अहिलेको सरकार जति लामो टिक्छ, उति धेरै फाइदा माओवादीलाई हुन्छ | Khabarhub Khabarhub

प्रचण्डको हिसाब- अहिलेको सरकार जति लामो टिक्छ, उति धेरै फाइदा माओवादीलाई हुन्छ


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकार जति टिक्छ, त्यति नै आफ्नो पार्टीलाई फाइदा हुने बताएका छन् ।

अहिलेको सरकारका गतिविधिका कारण माओवादीलाई फाइदा हुने भएपछि आफूहरू सरकार बदल्ने खेलमा नरहेको उनले बताएका छन् ।

कैलालीको टीकापुरमा हुने थारु राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न जाने क्रममा मंगलबार बिहा नेपालगञ्ज विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले यसो भनेका हुन् ।

‘अहिलेको सरकार अपारदर्शी, असंवैधानिक र अलोकतान्त्रिक तरिकाले बनेको हो’, प्रचण्डले भने, ‘सरकारले अहिलेसम्म जे जस्ता क्रियाकलाप गर्दै आएको छ, उसको उद्देश्य जनताले एकपछि अर्को बुझ्दै गएका छन् । त्यसैले यो सरकार जति टिक्छ, माओवादीलाई उति फाइदा हुन्छ । हामी जनताबीच गइसकेका छौँ, हामीलाई जनतातिरै ठिक छ ।’

उनले तथाकथित दुईतिहाइको राग अलाप्ने सरकारले अध्यादेश ल्याउनु अलोकतान्त्रिक अभ्यास भएको टिप्पणी गरे । उनले अध्यादेश संसद्‍बाट पास हुने अवस्था नरहेको बताए ।

‘केही अध्यादेश त पास नहुने दिशातिर गइ नै सके, बाँकी पनि पास हुन्छन् जस्तो लाग्दैन, भए पनि यसबाट जनतालाई केही फाइदा हुँदैन’, उनले भने ।

प्रचण्डले ‘जनतासँग माओवादी, तराई-मधेश जागरण अभियान’ले नतासँगको सम्बन्ध थप जीवन्त बनाउँदै लगेको बताए ।

‘अहिले हामी अभियान भनेर नेताहरू जाने भाषण गर्ने फर्कने गरिरहेका छैनौँ’, उनले भने– ‘जहाँ जान्छौँ, त्यहाँका स्थानीय जनताकै घरमा बस्छौँ, जनताले खाने खाना खान्छौँ । ती क्षेत्रका जनताले भागेका समस्याबारे छलफल गर्छौं ।’

यसरी पार्टीलाई समाजका सबै वर्ग समुदायसँग जोड्ने, जनताले भोगिरहेका समस्याको पहिचान गर्ने, स्थानीय कला संस्कृतिमार्फत सम्बन्धित समुदायको पहिचानलाई थप सुदृढ गर्दै राष्ट्रिय एकताको नयाँ आधार तय गर्ने काम अभियानले गर्ने उनले स्पष्ट गरे ।

हुलाकी मार्ग दक्षिण नेपालको समृद्धि र उत्पीडित समुदायको पहिचानसँग जोडिएको उल्लेख गर्दै उनले हुलाकी मार्ग दशकौंको सपना अलपत्र परेकाले दोस्रोपटक प्रधानमन्त्री हुँदा २०७३ सालमा भारत भ्रमणका क्रममा भारतीय लगानी सुनिश्चित गरेर निर्माण अघि बढाएको जानकारी दिए ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  २ : ०५ बजे

परम्परागत खेतीको विकल्प खोज्दै शैलुङका किसान 

दोलखा– जिल्लाको शैलुङ गाउँपालिका–५ का किसानहरू नगदे बाली तोरीखेतीप्रति आकर्षित

बाबर र रिजवानलाई पाकिस्तानको टी-२० टिमबाट हटाइयो

काठमाडौं– पाकिस्तानले बाबर आजम र मोहमद रिजवानलाई टी-२० टिमबाट बाहिर

लदी पूजा गर्दै माझी समुदाय

मन्थली– आज यहाँका माझी समुदायले लदी (कोशी)पूजा गरेका छन् ।

नारायणी डेभलपमेन्ट बैंकले ल्यायो मोबाइल बैंकिङ सुविधा

चितवन– नारायणी डेभलपन्ट बैंकले मोबाइल बैंकिङ सेवा ‘नारायणी स्मार्ट’ सञ्चालनमा

‘विधि र प्रक्रियाअनुसार विकास निर्माणको योजना माग गरे सहज हुन्छ’

रूपन्देही– नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विधि र प्रक्रिया अनुसार