एकै रुखमा झुन्डिएको अवस्थामा भेटिए युवा-युवती « Khabarhub

एकै रुखमा झुन्डिएको अवस्थामा भेटिए युवा-युवती


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.9k
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको पथरीशनिश्चरे नगरपालिका- ५ मौलाबारीस्थित बक्राहा खोलाको किनारमा विवाहित जोडी मंगलबार बिहान झुन्डिएको अवस्थामा भेटिएका छन् ।

बक्राहा किनारस्थित पिठारीको रूखको एउटै हाँगोमा झुन्डिएको अवस्थामा विवाहित जोडी मृत भेटिएका प्रहरीले जनाएको छ ।

पथरीशनिश्चरे–५ का २१ वर्षीय अजय टुडु र झापाको गौरीगन्ज गाउँपालिका–२ घर तथा मोरङको कटहरी गाउँपालिका–६ माइती भएकी २२ वर्षीया जुबामुनी हस्दा नाइलनको डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएका इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले बताए ।

दुवैजना विवाहित रहेको खुलेको दाहालले जानकारी दिए । उनका अनुसार घाँटीमा नाइलनको एउटै डोरीको पासो लगाएर रुखमा झुन्डिएको अवस्थामा स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार घटनास्थल अजयको घरबाट करिब १ किलोमिटर दक्षिणमा छ । मृत भेटिएकी जुबामुनीका पति कान्छा टुडु वैदेशिक रोजगारीका लागि विदेशमा छन् ।

मृत भेटिएकामध्ये अजयको घरमा पत्नी तथा ४ र २ वर्षका २ जना छोरा रहेको डीएसपी दाहालले बताए । जुबामुनीका डेढ वर्षका छोरा छन् । दाहालका अनुसार अयजले जुबामुनीलाई गत आइतबार राति घरमा लिएर आएको खुलेको छ ।

अजयको घरमा खाना खाएर राति नै उनी निस्किएकी थिइन् । उनीहरूको सम्पर्क र आउने जाने गरेको विवरण हेर्दा सम्बन्धमा रहेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रेम सम्बन्धले समस्या ल्याउन सक्ने ठानेपछि दुवै जनाले आत्महत्या गरेको हुनसक्ने डीएसपी दाहालले बताए ।

‘घटनास्थलको प्रकृति र प्रारम्भिक अनुसन्धानबाट सहमतिमै आत्महत्या गरेजस्तो देखिन्छ’, दाहालले भने, ‘घटनास्थल मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि पठाउँदैछौँ । अनुसन्धानपछि अरु कुरा खुल्छ ।’

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  २ : २१ बजे

अख्तियार विश्वास जगाउने संस्था हुनुपर्छ : कानुनमन्त्री गौतम

काठमाडौं- कानुनमन्त्री सोबिता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोग निष्पक्ष, स्वतन्त्र

नारेश्वर तालमा पानी जम्मा हुन सुरु

दमौली– नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको

आईजीलाई खगेन्द्रको चुनौती- मेरा कुराले मानमर्दन भए मुद्दा हाल्नू, कठघरामा उभिन तयार छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित

इरानका साझेदारलाई ट्रम्पको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार

गौमुलमा १० शय्याको अस्पताल सञ्चालनमा, चिकित्सक अभाव मुख्य चुनौती

बाजुरा- बाजुराको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ।