प्रधानमन्त्री भन्छन्- हामीलाई कसैको अनावश्यक विरोधसँग मतलब छैन « Khabarhub

प्रधानमन्त्री भन्छन्- हामीलाई कसैको अनावश्यक विरोधसँग मतलब छैन


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले समाजलाई जात, धर्म र संस्कृतिका नाममा विभाजन गर्न खोज्ने प्रवृत्तिलाई चिर्दै अघि बढ्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले गरेको ‘नेपाली ट्रेड युनियन आन्दोलनको ७८ औँ वार्षिकोत्सव समारोह’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसो भनेका हुन् ।

उनले नेपाली समाजलाई जात, धर्म र संस्कृतिका नाममा विभाजन गर्ने तथा काम गर्न खोज्ने प्रवृत्तिलाई चिर्दै मुलुकको विकास र समृद्धिको बाटोमा अघि बढ्ने बताए ।

अहिले विरोधका लागि विरोध गर्ने प्रवृत्ति देखिएको भन्दै राम्रो काम गर्न नरोकिने उनले बताए । त्यस्तै प्रधानमन्त्री ओलीले कुनै पनि बहानामा न्यूनतम्भन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाएको पाइए दण्डनीय हुने स्पष्ट पारे ।

‘हामीलाई कसैको अनावश्यक विरोधसँग मतलब छैन । नचाहिने प्रदूषित कुरा हामी बोकेर हिँड्दैनौँ । हामीलाई देशको विकास र परिवर्तन गर्नुछ । विरोधका लागि विरोध गर्ने प्रवृत्ति आफैं सेलाएर जान्छ’, उनले भने, ‘यसमा मजदुर आन्दोलन विगतदेखि नै सचेत छ भन्नेमा म विश्वस्त छु ।’

हिमाल पग्लिएर मानवीय सभ्यता नै प्रभावमा पर्न थालेको सन्दर्भमा प्रधानमन्त्री ओलीले हिमालदेखि समुद्रसम्मको सुरक्षाको अवधारणाका साथ सहकार्य गर्न विश्व समुदायसँग आग्रह गरे ।

प्रधानमन्त्री ओलीले नर्सहरूले पनि न्यूनतम् तलब नपाइरहेका सुनिएको उल्लेख गर्दै कुनै पनि बहानामा न्यूनतम् भन्दा कम पारिश्रमिक दिएर काम लगाउन नपाइने जिकिर गरे ।

उनले श्रमिकहरू रोजगारदातामा रुपान्तरण हुन सक्ने भएकाले आफूहरुले त्यस प्रकारको वातावरण सृजना गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा हिमाल आरोही, उद्धारकर्ता र सम्बन्धित संस्थालाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  २ : ३८ बजे

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति