आर्थिक समृद्धिमा वन क्षेत्रको भूमिका महत्त्वपूर्ण : उपराष्ट्रपति यादव | Khabarhub Khabarhub

आर्थिक समृद्धिमा वन क्षेत्रको भूमिका महत्त्वपूर्ण : उपराष्ट्रपति यादव


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकको आर्थिक समृद्धिमा वन क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।

नेपाल वन प्राविधिक सङ्घ (एनएफए)को स्थापना दिवसका अवसरमा मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा उनले नीतिगत सुधार, नवीन प्रविधिको प्रयोग गर्दै वन क्षेत्रको संरक्षण गर्न सके मुलुकको आर्थिक समृद्धिमा ठूलो योगदान पुग्ने बताएका हुन् ।

पछिल्ला वर्षमा वन केन्द्रित दिगो विकासका प्रयास भएको भन्दै उनले वन क्षेत्रको संरक्षण संवद्र्धन, र दिगो व्यवस्थापनका लागि समन्वय जरुरी रहेको बताए ।

उनले चुनौतीको रूपमा देखिएको जैविक विविधता संरक्षण, जलवायु परिवर्तनको मुद्दालाई अन्तर्राष्ट्रिय जगतमा उठाउन सरकारलाई सहयोग गर्नुपर्नेमा जोड दिए।

वन क्षेत्रको दिगो संरक्षणका साथै नीतिगत सुधार गर्न सरोकारवाला निकाय र सरकारबीचको सहकार्य आवश्यक रहेको उनले बताए । उनले वन क्षेत्रमा सबैको समान पहुँच आवश्यक रहेको धारणा राखे ।

त्यस्तै वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालमा वनको विकास महत्त्वपूर्ण ढंगले बढ्दै गएको भन्दै यसको निरन्तरताको आवश्यकता औँल्याए। वनको विकाससँगै संरक्षणको चुनौती समेत बढ्दै गएको उनले बताए ।

उनले पछिल्लो समय जलवायु परिवर्तनको असरसमेत बढिरहेको अवस्थामा समस्या न्यूनीकरणका लागि सहकार्य जरुरी रहेको बताए ।

कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो । 

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  २ : ५२ बजे

इजरायलसँगको युद्धपछि चिनियाँ जे–१०सी लडाकु विमान किन्ने इरानको तयारी

काठमाडौं– गत महिना, जब दर्जनौँ इजरायली र अमेरिकी युद्धक विमानहरूले

श्रीमती बचाउन गएका खड्कलालको करेन्ट लागेर मृत्यु

बाँके–  बैजनाथ गाउँपालिका-२ कलरामपुर स्याली गाउँ बस्ने ७३ वर्षीय खड्कलाल जैसीको करेन्ट

बुटवल-नारायणगढको दाउन्ने खण्ड शीघ्र सम्पन्न गर्नुपर्नेमा जोड

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-नारायणगढको १४ किलोमिटर दाउन्ने खण्डमा

शेखरलाई साथ दिँदै विनोद चौधरीलाई गुरू घिमिरेको ८ बुँदे ‘काउन्टर’

काठमाडौं- डलर अर्बपति विनोद चौधरीले नेपाली कांग्रेसका नेता डा. शेखर

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

मकवानपुर– १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मनहरी गाउँपालिका-१ मकरी बस्ने