आर्थिक समृद्धिमा वन क्षेत्रको भूमिका महत्त्वपूर्ण : उपराष्ट्रपति यादव « Khabarhub

आर्थिक समृद्धिमा वन क्षेत्रको भूमिका महत्त्वपूर्ण : उपराष्ट्रपति यादव


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकको आर्थिक समृद्धिमा वन क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।

नेपाल वन प्राविधिक सङ्घ (एनएफए)को स्थापना दिवसका अवसरमा मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा उनले नीतिगत सुधार, नवीन प्रविधिको प्रयोग गर्दै वन क्षेत्रको संरक्षण गर्न सके मुलुकको आर्थिक समृद्धिमा ठूलो योगदान पुग्ने बताएका हुन् ।

पछिल्ला वर्षमा वन केन्द्रित दिगो विकासका प्रयास भएको भन्दै उनले वन क्षेत्रको संरक्षण संवद्र्धन, र दिगो व्यवस्थापनका लागि समन्वय जरुरी रहेको बताए ।

उनले चुनौतीको रूपमा देखिएको जैविक विविधता संरक्षण, जलवायु परिवर्तनको मुद्दालाई अन्तर्राष्ट्रिय जगतमा उठाउन सरकारलाई सहयोग गर्नुपर्नेमा जोड दिए।

वन क्षेत्रको दिगो संरक्षणका साथै नीतिगत सुधार गर्न सरोकारवाला निकाय र सरकारबीचको सहकार्य आवश्यक रहेको उनले बताए । उनले वन क्षेत्रमा सबैको समान पहुँच आवश्यक रहेको धारणा राखे ।

त्यस्तै वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालमा वनको विकास महत्त्वपूर्ण ढंगले बढ्दै गएको भन्दै यसको निरन्तरताको आवश्यकता औँल्याए। वनको विकाससँगै संरक्षणको चुनौती समेत बढ्दै गएको उनले बताए ।

उनले पछिल्लो समय जलवायु परिवर्तनको असरसमेत बढिरहेको अवस्थामा समस्या न्यूनीकरणका लागि सहकार्य जरुरी रहेको बताए ।

कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो । 

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  २ : ५२ बजे

आज २०८२ साल माघ १९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १९ गते सोमबार फागुन

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले