नेप्सेमा ३० अंकको करेक्सन, कारोबार कति ? « Khabarhub

नेप्सेमा ३० अंकको करेक्सन, कारोबार कति ?


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंलबार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा करेक्सन आएको छ । सोमबार नेप्सेमा १३ अंकको करेक्सन आएकोमा आज भने ३०.३६ अंकको करेक्सन आएको हो। 

नेप्सेमा १.०५ प्रतिशतको करेक्सन आएर परिसूचक २८४६.३० विन्दुमा झरेको छ । नेप्सेमा करेक्सन आउँदा कारोबारमा पनि गिरावट आएको छ । आज १२ अर्ब ९४ करोड ६४ लाख ९४ हजार रुपैयाँ बराबरको २ करोड ६३ लाख ८९ हजार ९१० कित्ता शेयर कारोबार भएको छ । 

४१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १९८ वटा कम्पनीको शेयर मूल्यमा करेक्सन आएको छ । ५ वटा कम्पनीको शेयर मूल्यले स्थिर रहेको छ । 

बजार अवधिभर ३१८ वटा कम्पनी कारोबारमा आउँदा १ लाख २२ हजार ३३६ पटक शेयर किनबेच भएको छ ।

आज १३ वटा समूहमध्ये सबै समूह रातामय भएको छ । आज सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूह २.२१ प्रतिशतले घटेर ७ हजार ६६९.३५ विन्दुमा पुगेको छ । 

आज सबैभन्दा कम अन्य समूह ०.०६ प्रतिशतले घटेर २ हजार ५५२.८८ विन्दुमा पुगेको छ । 

त्यस्तै, वाणिज्य बैंक समूह १.०५ प्रतिशतले, विकास बैंक ०.३९ प्रतिशतले, फाइनास २.१० प्रतिशतले, होटेल तथा पर्यटन ०.९७ प्रतिशतले, हाइड्रोपावर १.०८ प्रतिशतले, लगानी १.७५ प्रतिशतले र जिवन बीमा समूह ०.६९ प्रतिशतले घटेको छ । 

साथै, लघुवित्त समूह १.४१ प्रतिशतले, म्युचुअल फण्ड ०.५५ प्रतिशतले, निर्जीवन बीमा १.११ प्रतिशतले र ट्रेडिङ समूह ०.४८ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ३ : १३ बजे

भोजपुरकाे भुल्केमा पानीको समस्या अन्त्य

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिका–३ भुल्केमा लामो समयदेखि रहँदै आएको खानेपानीको

चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

काठमाडौं– प्रेस काउन्सिल नेपालले मौन अवधिमा आचारसंहिताको पूर्ण परिपालना गर्न

एचपीभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

बागलुङ– बागलुङका दुई हजार ३०२ जना किशोरीले पाठेघरको मुखको क्यासरविरुद्वको

मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आधिकारिक