अध्यादेश पेश हुने भएपछि सांसदहरूलाई एमालेको पनि ह्विप « Khabarhub

अध्यादेश पेश हुने भएपछि सांसदहरूलाई एमालेको पनि ह्विप


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


726
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख सत्तारूढ नेकपा एमालेले बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित हुन  ह्विप जारी गरेको छ। 

बुधबार बस्ने बैठकमा सरकारले पाँच वटा अध्यादेश पेश गर्न लागेपछि सांसदहरूलाई अनिवार्य रूपमा उपस्थित हुन ह्विप जारी गरेको हो । यता सत्ता साझेदार दल नेपाली कांग्रेसले पनि  ह्विप जारी गरेको छ । 

एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जारी गरेको सन्देशमा अनिवार्य सबै सांसदहरूलाई  उपस्थित हुन भनिएको एमालेका एकजना सांसदले बताए । 

सरकारले सदन सुरु हुन दुई साताअगाडि जारी गरेका ६ वटा अध्यादेश राष्ट्रिय सभामा कोरम नपुगेका कारण अहिलेसम्म पेश हुन सकेका थिएनन्। जसपा नेपाल र लोसपासँग छलफलपछि बुधबारको सदनमा भूमिसम्बन्धी अध्यादेशबाहेक ५ वटा पेश हुँदै छन् ।

सन्देशमा भनिएको छ, ‘माननीय सदस्यहरू, भोलि १ बजे बस्‍ने प्रतिनिधि सभाको बैठकमा अध्यादेशलाई निर्णयार्थ पेश गर्ने भएकाले अनिवार्य उपस्थितिको लागि अनुरोध छ। मुख्य सचेतक ।’ 

बुधबारको संसद् बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेस सांसदलाई ह्विप

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ३ : ४४ बजे

बालेन सरकार आएपछि ओली-देउवाबाट राजनीतिक नियुक्ति लिएकाको भविष्य के होला ?

काठमाडौं– फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजासँगै देशको

अर्थविद् केशव आचार्यको निधन

काठमाडौं– अर्थविद् केशव आचार्यको निधन भएको छ । उनको उपचारका

कराते खेलाडी एरिका तमुधि यूकेकी गुडविल एम्बासडर नियुक्त

काठमाडौं– कराते खेलाडी एरिका गुरूङलाई तमुधि युकेले गुडविल एम्बास्डर घोषणा

उपराष्ट्रपतिद्वारा बङ्गलादेशको नयाँ सरकारलाई शुभकामना, सहकार्य सुदृढ हुने विश्वास

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो. शफिकुर

सभापतिको भूमिकामा फर्किँदै गगन, मंगलबार केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्ने

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मंगलबार बस्ने केन्द्रीय कार्यसमितिको