‘विधि र प्रक्रियाअनुसार विकास निर्माणको योजना माग गरे सहज हुन्छ’ « Khabarhub

‘विधि र प्रक्रियाअनुसार विकास निर्माणको योजना माग गरे सहज हुन्छ’


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

रूपन्देही– नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विधि र प्रक्रिया अनुसार विकासका योजनाहरू माग गरे सहज हुने बताएका छन् । 

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिका सभापति र प्रशिक्षण शाखा प्रमुखहरूका लागि आयोजित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

उपप्रधानमन्त्री सिंहले योजना छनौट निश्चित विधि हुने भन्दै त्यसलाई ध्यान दिएर योजना माग गर्नुपर्नेमा जोड दिए।

उनले बजेट निर्माणका क्रममा पार्टीका विभिन्न तहका समिति,जनप्रतिनिधि सबैको राय सुझाव समेटेर छलफलबाटै नयाँ योजनाहरू छनौट हुने पनि बताए। 

‘यो गठबन्धन सरकार हो । सबै कुरा कांग्रेसले भनेको मात्रै हुँदैन । गजबन्धनमा रहेका सबै दलले केही न केही लचक हुनुपर्ने अवस्था छ,झ उनले भने। विकास निर्माणको योजना छनौट गर्दा आवश्यकताका आधारमा धेरै नागरिक लाभान्वित  हुने योजना प्राथमिकतामा पर्ने भन्दै योजना माग गर्दा त्यस्ता योजना माग गर्नेतर्फ ध्यान दिनुपर्नेमा सिंहले जोड दिए। 

उपप्रधानमन्त्री सिंहले पछिल्लो समय सरकार अस्थिर बनेपछि नागरिकले स्थिरता खोजेकाले अहिले कांग्रेस र एमालेसहितका अरू दल  मिलेर राजनीतिक स्थिरताका लागि अहिलेको गठबन्धन सरकार बनेको बताए। सरकारमा रहेर विकास र समृद्धिका लागि काम गरिरहेको भन्दै नागरिकको चाहनाअनुसार काम अघि बढाइरहेको सिंहको भनाई थियो ।  

उनले स्थानीय तहका जनप्रतिनिधिसँग पनि समन्वय गरेर काम गर्न क्षेत्रीय सभापतिहरूलाई आग्रह गर्दै पार्टी संगठन सुदृढीकरणमा लाग्न सुझाव दिए।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ४ : ३९ बजे

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा