नारायणी डेभलपमेन्ट बैंकले ल्यायो मोबाइल बैंकिङ सुविधा « Khabarhub

नारायणी डेभलपमेन्ट बैंकले ल्यायो मोबाइल बैंकिङ सुविधा


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

चितवन– नारायणी डेभलपन्ट बैंकले मोबाइल बैंकिङ सेवा ‘नारायणी स्मार्ट’ सञ्चालनमा ल्याएको छ । आफ्ना ग्राहकहरूलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकले उक्त सेवा सञ्चालनमा ल्याएको हो ।

बैंकले मोबाइल बैंकिङ सेवा सम्पूर्ण सुरक्षा जोखिम परीक्षण गरेर सञ्चालनमा ल्याएको जनाएको छ । जसले गर्दा नारायणी स्मार्ट एपको प्रयोग सुरक्षित, सहज र भरपर्दो रहेको बैंकको भनाइ छ । मोबाइल बैंकिङ सेवाको सुरुवातसँगै बैंकका ग्राहकहरू डिजिटल बैंकिङ सेवाबाट लाभान्वित हुने बैंकले अपेक्षा गरेको छ ।

नारायणी डेभलपमेन्ट बैंकले चितवनको भरतपुर महानगरपालिका बाइपास रोडमा रहेको केन्द्रीय कार्यालय, चितवनको टाँडी, यज्ञपुरी, भरतपुर, नारायणगढ र पर्सा शाखा कार्यालयहरूमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ४ : ४१ बजे

युद्धविरामले रोकेन आक्रमण, साउदी अरब र कुवेतमा ठूलो क्षति, तेल उत्पादनमा गम्भीर असर

रियाध– साउदी अरबको सरकारी समाचार एजेन्सीले एक अधिकारीलाई उद्धृत गर्दै

आर्थिक उपार्जनका लागि कफीखेती अभियान

धुलिखेल– काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–५ घैयाँडाँडाकी देवीमाया तुम्सिङ मगर पाखोबारीमा

विनाश निम्त्याउने रोशी र कलाती क्षेत्रका क्रसर र ढुङ्गा खानी (तस्बिरहरू)

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ गत वर्षको बाढीपहिरोबाट क्षतिग्रस्त बिपी राजमार्गअन्तर्गत

उपरथीद्वय पदमबहादुर र पवनलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीद्वय पदमबहादुर बूढा र पवन खत्रीलाई

इरानसँग वार्ताका लागि इस्लामाबाद पुग्दै अमेरिकी टोली, यस्ता छन् मुख्य ४ एजेन्डा

इस्लामाबाद- अमेरिका र इरानबीचको वार्ता शनिबार इस्लामाबादस्थित आलीशान होटल सेरेनामा