बाबर र रिजवानलाई पाकिस्तानको टी-२० टिमबाट हटाइयो | Khabarhub Khabarhub

बाबर र रिजवानलाई पाकिस्तानको टी-२० टिमबाट हटाइयो


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानले बाबर आजम र मोहमद रिजवानलाई टी-२० टिमबाट बाहिर राखेको छ । यही मार्च १६ देखि हुने न्यूजील्याण्डविरुद्धको सिरिजका लागि पाकिस्तानले आजम र रिजवानलाई टी-२० सिरिजबाट ड्रप गरेको हो ।

टी(२० टिमका लागि पाकिस्तानले सलमान अली आगालाई कप्तान बनाएको छ । पाकिस्तान क्रिकेट बोर्डले मोहम्मद रिजवानलाई एकदिवसीय कप्तानको रूपमा निरन्तरता दिएको छ । आइसीसी च्याम्पियन्स ट्रफीमा खराब प्रदर्शनपछि पनि रिजवानलाई एकदिवसीय कप्तानको रूपमा निरन्तरता दिइएको हो ।

त्यस्तै तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीलाई एकदिवसीय टिमबाट हटाइएको छ । त्यस्तै टी(२० को कप्तान बनाइएका आगाले एकदिवसीय खेलहरुमा उपकप्तानको भूमिका निभाउने बोर्डले जनाएको छ ।

सलमान अली आगा (कप्तान), शादाब खान (उपकप्तान), अब्दुल समद, अबरार अहमद, हरिस रउफ, हसन नवाज, जहानद खान, खुशदिल शाह, मोहम्मद अब्बास अफ्रिदी, मोहम्मद अली, मोहम्मद हरिस, मोहम्मद इरफान खान, ओमेर बिन युसुफ, शाहीन शाह अफ्रिदी, सुफियान खान, उसमान खान ।

मोहम्मद रिजवान (कप्तान), सलमान अली आगा (उपकप्तान), अब्दुल्ला शफिक, अबरार अहमद, अकिफ जावेद, बाबर आजम, फहीम अशरफ, इमाम(उल(हक, खुशदिल शाह, मोहम्मद अली, मोहम्मद वसीम जुनियर, मोहम्मद इरफान खान, नसीम शाह, सुफयान मोकिम र ताब्यान मोकिम ।

न्यूजील्याण्ड टूरका क्रममा पाकिस्तानले ५ टी-२० र ३ एकदिवसीय खेलको सिरिज खेल्ने छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ४ : ४९ बजे

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

अवैध आप्रवासीमा लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’

फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर

अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने

अर्घाखाँची– अर्घाखाँचीको सुपादेउराली मन्दिरमा जानआउन केबलकार निर्माण गरिने भएको छ

पाँचखालवासीलाई बिरामी पर्दा निःशुल्क रगतको व्यवस्था

काभ्रेपलाञ्चोक– पाँचखाल नगरपालिकाले आफ्ना नगरवासीलाई बिरामी पर्दा निःशुल्क रगत उपलब्ध

स्रोत नखुलेको रकमसहित तीनजना पक्राउ

पर्सा– पर्सा प्रहरीले स्रोत नखुलेको २८ लाख २८ हजार हुण्डीको