ग्यास सिलिण्डरको मूल्य बढाउने सहमति, उद्योगीको आन्दोलन फिर्ता « Khabarhub

ग्यास सिलिण्डरको मूल्य बढाउने सहमति, उद्योगीको आन्दोलन फिर्ता


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


759
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ग्यास सिलिण्डरको मूल्य बढ्ने भएको छ । नेपाल सरकारले ग्यास उद्योगीको आन्दोलनलाई सम्बोधन गर्ने क्रममा प्रति सिलिण्डर ग्यासको मूल्य १२ रुपैयाँ ७५ पैसाले बढाउने सहमति गरेको हो ।

मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की सहितको सरकारी वार्ता टोली र एलपी ग्यास उद्योग संघका पदाधिकारीहरूबीच छलफल गर्दै ग्यास उद्योगीहरूको आन्दोलन फिर्ता गर्ने सहमति भएको हो ।

माघ २४ गते संघले बुझाएको १९ बुँदे ज्ञापन पत्रमाथि निगम सञ्चालक समितिको १८ गतेको बैठकले ग्यास उद्योगहरूको बाह्य ढुवानी भाडा, आन्तरिक ढुवानी भाडा, सञ्चालन तथा प्रशासनिक खर्च रकममा समायोजन गरी साविकको प्रति सिलिण्डरमा मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।

निगम सञ्चालक समितिको निर्णयसँगै ग्यास उद्योगीले १९ बुँदे ज्ञापनपत्र पेस गरेर गर्दै आएको आन्दोलन फिर्ता गरेका छन् । उद्योगीहरूको आन्दोलनको कारण बजारमा देखिएको ग्यासको अभाव अब अन्त्य हुने भएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ५ : ११ बजे

‘दुरसञ्चार सेवा व्यवसाय मात्रै हैन, मानवीय जीवनको आधारभूत तत्त्व हो’

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले नवीनतम प्रविधिमा आधारित गुणस्तरीय सेवा प्रदानमा ध्यान

नेपालमा जलपक्षीको सङ्ख्या घट्दो

काठमाडौं– हरेक वर्ष अङ्ग्रेजी महिना जनवरीको पहिलो शनिबारदेखि १५ दिनसम्म

रूससँगको युद्धमा आफ्ना ५५ हजार सैनिक मारिएको स्वीकार्‍यो युक्रेनले

कीभ- रुससँग अबुधाबीमा वार्ता चलिरहँदा युक्रेनले चार वर्ष लामो युद्धका

कार्टुन : सामाजिक सञ्जालमा मच्चिएका बालेन

काठमाडौं- फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकै

फागुन २१ गते एकै चरणमा निर्वाचन, प्रधानमन्त्रीसँगको वार्तापछि एमाले अध्यक्ष ओली पनि तयार

काठमाडौं- सरकारले फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभाको निर्वाचन