जेलेन्स्कीसँगको झगडापछि युक्रेनलाई सैन्य सहायता रोक्दै ट्रम्प « Khabarhub

जेलेन्स्कीसँगको झगडापछि युक्रेनलाई सैन्य सहायता रोक्दै ट्रम्प


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

एजेनसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई सैन्य सहायता स्थगित गरेका छन् । उनले किएभलाई रुससँग शान्ति वार्तामा सहमत हुन दबाब दिएका छन् र युरोपलाई आफ्नो रक्षा बढाउन आठ खर्ब युरोको योजना सार्वजनिक गर्न प्रेरित गरेका छन् ।

यो कदम युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की र ट्रम्पबीचको आश्चर्यजनक सार्वजनिक झडपको केही दिनपछि आएको हो । ट्रम्पले युद्धलाई चाँडै अन्त्य गर्न खोजिरहेका छन् ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले अमेरिका–युक्रेन सहायता निलम्बन ‘शान्तिका लागि सबैभन्दा राम्रो योगदान’ हो भन्दै यसले किएभ शासनलाई शान्ति प्रक्रियामा धकेल्न सक्ने बताएका छन् ।

अमेरिकी हतियारहरूको आपूर्तिमा कुनै पनि अवरोधले युद्ध क्षेत्रमा युक्रेनको रुसी आक्रमणलाई पछाडि धकेल्ने सम्भावनालाई तुरुन्तै कमजोर बनाउनेछ ।

यसअघि सोमबार पत्रकारहरूले सोधपुछ गर्दा ट्रम्पले रोक लगाउन अस्वीकार गरेका थिए तर ह्वाइट हाउसका एक अधिकारीले नाम नछाप्ने सर्तमा सहायता रोकिने बताए ।

‘राष्ट्रपतिले आफू शान्तिमा केन्द्रित रहेको स्पष्ट पारेका छन् । हामीलाई हाम्रा साझेदारहरू पनि त्यो लक्ष्यप्रति प्रतिबद्ध हुन आवश्यक छ’, ह्वाइट हाउसका अधिकारीले सोमबार बेलुका भने, ‘यसले समाधानमा योगदान गरिरहेको छ भनेर सुनिश्चित गर्न हामी हाम्रो सहायता रोकिरहेका छौँ र समीक्षा गर्दैछौँ ।’

युरोपेली आयोगका प्रमुख उर्सुला भोन डेर लेयनले केही घण्टापछि युरोपको रक्षाका लागि करिब आठ खर्ब युरो जुटाउने र युक्रेनलाई ‘तत्काल’ सैन्य सहयोग उपलब्ध गराउन सहयोग गर्ने पाँच भागको योजना प्रस्तुत गरे।

‘यो युरोपका लागि एक महत्त्वपूर्ण समय हो र हामी तयार छौँ’, लेयेनले ब्रसेल्समा मङ्गलबार बिहान घोषणा गर्दै भने ।

निलम्बनपछि बेलायतले पनि युक्रेनलाई आफ्नो समर्थन गर्ने प्रतिबद्धता जनाएको छ । प्रधानमन्त्री किर स्टार्मरले युक्रेनमा शान्ति सुनिश्चित गर्न ‘लेजर–केन्द्रित’ भएको उनका सहायक एन्जेला रेनरले बताए ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ६ : ०५ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले