चिकित्सक सङ्घका अध्यक्षहरूबारे लेखिएको पुस्तक विमोचन « Khabarhub

चिकित्सक सङ्घका अध्यक्षहरूबारे लेखिएको पुस्तक विमोचन


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चिकित्सक सङ्घ स्थापनाकालदेखि हालसम्म नेतृत्व गरेका ३२ अध्यक्षहरूको विषयमा लेखिएको पुस्तक ‘चिकित्सक नेतृत्व’  विमोचन गरिएको छ । 

सङ्घ स्थापनाको ७५ वर्षका अवसरमा मंगलबार आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उक्त पुस्तक विमोचन गरेका हुन् । पुस्तकमा सङ्घका ३२ अध्यक्षहरूको जीवनी, उनीहरूले गरेका योगदान, सङ्घर्षलगायत विषय समेटिएका छन् ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले दक्ष एवं विज्ञ चिकित्सक नेपालमै उत्पादन हुनु र स्तरीय उपचार सेवा थालनी हुनु सुखद पक्ष रहेको बताए। उनले आफूले नेपालमै स्तरीय उपचार सेवाको अनुभव गरेको सुनाए ।

राष्ट्रपति पौडेलले देशमामा पर्याप्त जनशक्ति उत्पादन भए पनि त्यसअनुसार अवसर सिर्जना नभएकामा चिन्ता व्यक्त गरे।  

सङ्घका अध्यक्ष डा अनिलविक्रम कार्कीले चिकित्सक सङ्घसँगै नेपालको स्वास्थ्य क्षेत्रमा योगदान गर्ने चिकित्सकको सम्मान र स्मरण दुवै हुने गरी पुस्तक प्रकाशन गरिएको बताए।

उक्त पुस्तकको सम्पादक प्रवीण ढकालले गर्नुभएको छ । सम्पादक ढकालले पुस्तकले सङ्घको इतिहाससँगै नेपालको चिकित्सा क्षेत्रको इतिहास संरक्षण, विकासक्रम र योगदानलाई अभिलेखीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। 

यसका साथै नयाँ पुस्ताका चिकित्सकलाई अग्रजहरूले गरेका काम र योगदानका विषयमा जानकारी प्रेरणा मिल्ने बताए।

नेपाल चिकित्सक सङ्घ विसं २००७ फागुन २० गते स्थापना भएको हो । वीर अस्पतालमा कार्यरत २० जना चिकित्सकको बैठकले सङ्घको स्थापना गरेका हुन् । सङ्घको पहिलो अध्यक्ष डा सिद्धिमणि आचार्य दीक्षित चयन भएका थिए । 

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ६ : ३७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया