काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सहमति गर्दै ग्यास उद्योगीले आन्दोलन फिर्ता लिएका छन् । आज नेप्से परिसूचक दोहोरो अंकले घट्यो ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० (बाफिया) र धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई संसद्बाट चाँडो पारित गरेर कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता औँल्याएका छन् । आगामी वैशाखदेखि सबै प्रदेशबाट सवारी चालक अनुमतिपत्रको छपाइ हुने भएको छ ।
आजका आर्थिक समाचार
ग्यास सिलिण्डरको मूल्य बढाउने सहमति, उद्योगीको आन्दोलन फिर्ता
ग्यास सिलिण्डरको मूल्य बढ्ने भएको छ । नेपाल सरकारले ग्यास उद्योगीको आन्दोलनलाई सम्बोधन गर्ने क्रममा प्रति सिलिण्डर ग्यासको मूल्य १२ रुपैयाँ ७५ पैसाले बढाउने सहमति गरेको हो ।
मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की सहितको सरकारी वार्ता टोली र एलपी ग्यास उद्योग संघका पदाधिकारीहरूबीच छलफल गर्दै ग्यास उद्योगीहरूको आन्दोलन फिर्ता गर्ने सहमति भएको हो ।
वैशाखदेखि सबै प्रदेशबाट सवारी चालक अनुमतिपत्र छपाइ हुने

आगामी वैशाखदेखि सबै प्रदेशबाट सवारी चालक अनुमतिपत्रको छपाइ हुने भएको छ ।
मंगलबार सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सबै प्रदेशका यातायातमन्त्रीसहितको विषयगत बैठकले यातायात व्यवस्था विभागबाट हालसम्म छपाइ गर्न बाँकी सवारी चालक अनुमतिपत्रको छपाइ गर्ने र २०८२ वैशाख १ गतेदेखि साउन १ गतेसम्म सबै प्रदेशले स्वीकृत ढाँचा बमोजिम सवारी चालक अनुमतिपत्रको छपाइ कार्य प्रारम्भ गर्ने निर्णय गरेको हो ।
नेप्सेमा ३० अंकको करेक्सन, कारोबार कति ?
मंलबार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेन्ज ९नेप्से०मा करेक्सन आएको छ । सोमबार नेप्सेमा १३ अंकको करेक्सन आएकोमा आज भने ३०।३६ अंकको करेक्सन आएको हो।
नेप्सेमा १।०५ प्रतिशतको करेक्सन आएर परिसूचक २८४६।३० विन्दुमा झरेको छ । नेप्सेमा करेक्सन आउँदा कारोबारमा पनि गिरावट आएको छ । आज १२ अर्ब ९४ करोड ६४ लाख ९४ हजार रुपैयाँ बराबरको २ करोड ६३ लाख ८९ हजार ९१० कित्ता शेयर कारोबार भएको छ ।
कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली पूर्ण रूपमा कार्यान्वयन
कम्पनी रजिस्ट्रारको कार्यालयले आजदेखि लागू हुने गरी कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी सो विषयबारे जानकारी गराएको हो । योसँगै कम्पनी स्थापना, सञ्चालन तथा प्रशासनसम्बन्धी काम सहज हुने मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।
बाफिया र धितोपत्र विधेयक चाँडो पारित गरौँ : अर्थमन्त्री

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंक तथा वित्तीय संस्थासम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०८० ९बाफिया० र धितोपत्रसम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०८१ लाई संसद्बाट चाँडो पारित गरेर कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता औँल्याएका छन् ।
प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको आजको बैठकमा अर्थमन्त्री पौडेलले बाफिया र धितोपत्रसम्बन्धी विधेयकलाई समितिमा छलफल चाँडो टुङ्ग्याएर प्रतिनिधिसभामा छलफलका लागि लगिनुपर्ने बताए।
सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न छुट्टै ऐन आवश्यक : प्रचण्ड

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ठूलो परिमाणमा कारोबार हुने सुनचाँदी व्यवसायलाई व्यवस्थित छुट्टै ऐन आवश्यक रहेको बताएका छन्।
कैलालीमा नेपाल सुनचाँदी व्यवसायी महासंघको १२ औँ स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
दाङको घोराही उपमहानगरपालिका– १४ झिङ्गौराका ३९ वर्षीय किसान लोकेन्द्र रोका मगरको बारीमा अहिले पनि सयपत्रिका फुल ढकमक्क फुलेका छन् । उनी बेमौसमी समयमा पनि फूल, माला बिक्री गर्न व्यस्त छन् ।
उनले आजभोलि फूल प्रतिकेजी चार सय र माल सात सय ६५ देखि सात सय ९० सम्ममा बिक्री गर्दै आएका छन् ।
प्रतिक्रिया