गोधूली रनिङ कपको उपाधि धरान- १४ लाई « Khabarhub

गोधूली रनिङ कपको उपाधि धरान- १४ लाई


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

सुनसरी– पच्चीसौँ गोधूली रनिङ कप फुटबल प्रतियोगिताको उपाधि धरान– १४ ले जितेको छ ।

बिहीबार साँझ धरान उपमहानगरपालिका- १६ स्थित रङ्गशालामा भएको फाइनल खेलमा धरान- १५ लाई १–० गोलअन्तरले पराजित गर्दै धरान- १४ ले उपाधि जितेको हो । खेलको ६१औँ मिनेटमा धरान- १४ का विवेक राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

खेलको अन्तिम समयसम्म दुवै टिमले थप गोल गर्न नसकेपछि त्यही गोल नै निर्णायक बन्यो । उपाधिसँगै धरान- १४ लाई नगद  एक लाख ७५ हजार पुरस्कार र उपविजेता धरान- १५ लाई नगद  एक लाख पुरस्कार प्रदान गरिएको छ । खेलको प्लेयर अफ दी म्याच धरान- १४ का आशिष पुरी घोषित हुँदै पाँच हजार पाँचसय रुपैयाँ प्राप्त गरे ।

उत्कृष्ट गोलकिपर धरान- १५ का राजीव खड्का, उत्कृष्ट डिफेन्डर धरान- १५ का अस्तोष राई, उत्कृष्ट मिडफिल्डर धरान- १५ कै अरिक गुरुङ, उत्कृष्ट स्टाइकर धरान- १४ का निमेश तामाङ, उत्कृष्ट कोच धरान १४ का शिव राईलगायतलाई जनही पाँच हजार पाँचसय रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।

यही चैत ७ गतेदेखि धरान रङ्गशालामा रात्रिकालीन भएको फुटबल प्रतियोगितामा १८ वटा वडाको सहभागिता थियो ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ६ : ४५ बजे

मिसाइल खस्दा पनि काम गर्न बाध्य छन् खाडीका विदेशी कामदार

काठमाडौं- लामो समयदेखि रोजगारीको प्रमुख गन्तव्य मानिँदै आएका खाडी मुलुकहरू

लामिछानेको रिट ’हेर्दाहेर्दै’मा बिहीबार सुनुवाइ हुने

काठमाडौं– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

भयावह मूल्यवृद्धि रोक्न पेट्रोलियम पदार्थको मूल्यमा सहुलियत दिन कांग्रेस महामन्त्री पौडेलको आग्रह 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मध्यपूर्वमा देखिएको द्वन्द्वको असर

‘गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३’ बन्दीपुरमा हुने

गण्डकी– तनहुँको बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३ आयोजना

हत्या गरेको अभियोगमा एकजना पक्राउ

बाँके– बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने ५१ वर्षीया भगवनी थारूको हत्या गरेको अभियोगमा