प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच आज बैंककमा भेटवार्ता « Khabarhub

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच आज बैंककमा भेटवार्ता


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिन थाइल्याण्डको बैंकक पुगेका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदैछ । 

शिखर सम्मेलन अन्तर्गत आज अपराह्न चार बजे दुई देशका प्रधानमन्त्रीबीच बैंककस्थित म्याण्डारिन ओरियन्टल होटलमा साइडलाइन वार्ता हुन लागेको हो । भारतीय प्रधानमन्त्री सोही होटलमा बसेका छन् ।

ओली–मोदी भेटवार्तामा नेपाली पक्षबाट परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, सल्लाहकार डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल र परराष्ट्रसचिव अमृत राई पनि सहभागी हुनेछन् । 

यसअघि प्रधानमन्त्री ओली र मोदीबीच संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन न्युयोर्क पुगेका बेला भेटवार्ता भएको थियो ।

पछिल्लो पटक गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीलाई भारतले अहिलेसम्म भ्रमणको निम्तो दिएको छैन । तर ओलीले भने राष्ट्र सङ्घको महासभामा पुग्दा मोदीलाई नेपाल भ्रमणको निम्तो गरेका थिए ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ७ : १२ बजे

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर

एमाले बागमतीको विशेष चुनावी अभियान सुरु

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)