नेपाल सुपर लिग : चितवन र बुटवल लुम्बिनी भिड्ने « Khabarhub

नेपाल सुपर लिग : चितवन र बुटवल लुम्बिनी भिड्ने


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा आज एफसी चितवन र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ६ बजे सुरु हुनेछ ।

जारी प्रतियोगितामा चितवनले दोस्रो र बुटवल लुम्बिनीले तेस्रो खेल खेल्न लागेका हुन् ।

आजको खेलमा चितवन दोस्रो जितको खोजीमा रहँदा बुटवल लुम्बिनी पहिलो जित निकाल्ने लक्ष्यमा रहने छ ।

यस अघिको खेलमा चितवनले पोखरा थन्डर्सलाई २–० गोलले हराएको थियो भने बुटवल लुम्बिनी एफसी झापा र धनगढी एफसीसँग पराजित भएको थियो ।

लिगमा धनगढी एफसी, एफसी चितवन, ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स, झापा एफसी, बुटवल लुम्बिनी एफसी र पोखरा थन्डर्स गरी सात टोली सहभागी छन् ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ९ : ०४ बजे

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर

एमाले बागमतीको विशेष चुनावी अभियान सुरु

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)