अवैध लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ « Khabarhub

अवैध लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अवैध लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् ।

यसरी पक्राउ पर्नेमा रूपन्देही, ओमसतिया गाउँपालिका–२ ठुटिपिलबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब ५० ग्राम ५ सय ८० मिलिग्रामसहित एक भारतीय पक्राउ परेका हुन् ।

भारत महाराजगंज निचलौल ठुटिबारी बस्ने ४० वर्षीय सलिम मंसुरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

त्यसतै , जुम्लाको चन्दननाथ नगरपालिका–६ बस्ने २२ वर्षीय रबिन्द्र रोकायालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ११ : ५० बजे

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर

एमाले बागमतीको विशेष चुनावी अभियान सुरु

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)