पोल्याण्ड जाने लोभमा पर्दा ठगले कुम्ल्याए लाखौं रकम « Khabarhub

पोल्याण्ड जाने लोभमा पर्दा ठगले कुम्ल्याए लाखौं रकम


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा पठाइदिने नाममा ठगले लाखौं रकम सर्वसाधारणबाट कुम्ल्याउँदै आएका छन् । सर्वसाधारणलाई ठगी गर्ने यस्तै गिरोहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले नियन्त्रणमा लिएको छ ।
आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा टोखा–१ घर भई बुढानिलकण्ठ–६ बस्ने ३० वर्षीय राजुविक्रम राणा, ३५ वर्षीया रोशनी राणा र टोखा बस्दै आएका कञ्चनपुर वेदकोट–१० घर भएका ३३ वर्षीय भीमबहादुर महर छन् ।

राजु र रोशनीले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख १२ हजार रूपैयाँ असुलेका थिए ।
यस्तै भीमबहादुरले २ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।
पीडितहरूको उजुरीको आधारमा प्रहरीले राजु र रोशनीलाई काठमाडौं–६ बौद्धबाट पक्राउ गरेको हो । यस्तै भीमबहादुरलाई काठमाडौं–२६ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  १ : ४७ बजे

जलविद्युत् आयोजनाले बढायो वनको राजस्व

म्याग्दी– जलविद्युत् तथा प्रसारण लाइन आयोजनाले सरकारी वन क्षेत्र प्रयोग

पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’

भोजपुर– पशुपालनमार्फत किसानलाई आत्मनिर्भरसँगै आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको पौवादुङमा

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव

भक्तपुर–  ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

काठमाडौं- पछिल्लो समय सूचना प्रविधि (आईटी) का परियोजनामा वैदेशिक लगानीकर्ताको

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

वीरगञ्ज– प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजा र ब्राउन सुगरसहित दुई