एनसेल उत्कृष्ट बहुराष्ट्रिय कम्पनीको रूपमा सम्मानित « Khabarhub

एनसेल उत्कृष्ट बहुराष्ट्रिय कम्पनीको रूपमा सम्मानित


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निजी क्षेत्रको पहिलो जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी ‘कर्पोरेट बिजनेस अवार्ड, २०२५’ बाट सम्मानित भएको छ । कम्पनीले बिहीबार यो सम्मान बहुराष्ट्रिय कम्पनीको विधामा ‘मल्टिनेशनल कम्पनी अफ द इयर’का रूपमा पाएको हो ।

रक्षामन्त्री मानवीर राई, कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारी, उद्योग वाणिज्य महासंघकी भुतपुर्व अध्यक्ष भवानी राणा, कर्पोरेट मिडिया ग्रुपकी उपाध्यक्ष सुष्मा महराले संयुक्तरुपमा यो अवार्ड एनसेललाई प्रदान गरेका थिए । 

एनसेलका तर्फबाट कम्पनीकी मार्केटिङ, कम्युनिकेशन एन्ड सेस्टेनिविलिटी डाईरेक्टर पुनम सिंहले यो अवार्ड ग्रहण गरेकी थिइन् ।

एनसेल देशमा सञ्चार तथा सूचना प्रविधिको विकासमा ठूलो भूमिका खेल्दै विगत २ दशक देखि अत्यावश्यक दूरसञ्चार सेवा प्रदान गर्दै आएको कम्पनी हो र सबैभन्दा धेरै कर तिर्ने ठूलाकरदाता मध्ये पनि एक हो । स्थापना कालदेखि गत आर्थिक वर्ष २०८०/८१ सम्ममा कम्पनीले कर र शुल्कबापत ३२० अर्ब रुपैयाँभन्दा बढी योगदान गरिसकेको छ । 

त्यसैगरी कम्पनीले शिक्षा, वातावरण र स्वास्थ्यजस्ता प्राथमिक क्षेत्रहरूमा केन्द्रित रही आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत २ अर्ब रुपैयाँ भन्दा बढीको योगदान गरिसकेको छ, जसले संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्यहरू हासिल गर्न सरकारलाई सहयोग पुर्‍याएको छ । 

कर्पोरेट मिडिया ग्रुपको १७औँ संस्करणको ‘कर्पोरेट बिजनेस अवार्ड, २०२५’ को समारोहमा यो सम्मान एनसेललाई प्रदान गरिएको हो । ग्रुपले आफ्नो कर्पोरेट म्यागजिनको १७औं वार्षिकोत्सवको अवसरमा कर्पोरेट बिजनेस अवार्ड प्रदान गर्दै विभिन्न उद्योग व्यवसाय क्षेत्रका प्रतिष्ठित संघसंस्था तथा व्यक्ति–व्यक्तित्वहरूलाई सम्मान गरेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  १ : ५८ बजे

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर

एमाले बागमतीको विशेष चुनावी अभियान सुरु

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)