ऊर्जामन्त्रीबारे कुलमान- प्राधिकरण लथालिङ्ग बनाउन सक्छन्, खबरदारी गर्नुपर्छ « Khabarhub

ऊर्जामन्त्रीबारे कुलमान- प्राधिकरण लथालिङ्ग बनाउन सक्छन्, खबरदारी गर्नुपर्छ


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारको बर्खास्तगीमा परेका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरण लथालिङ्ग हुनसक्ने भन्दै खबरदारी आवश्यक भएको बताएका छन् ।

सरकारले बर्खास्त गरेपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै घिसिङले सबैको मिहिनेतले प्राधिकरण अहिलेको अवस्थामा आएको भन्दै आगामी दिनमा खबरदारी गर्न आवश्यक भएको बताएका हुन् ।

‘एउटा मन्त्री र संस्थाको गलत निर्णयले लथालिङ्ग हुन सक्ने सम्भावना छ, त्यसको लागि खबरदारी आवश्यक छ’, उनले ऊर्जामन्त्री दीपक खड्कातिर लक्षित गर्दै भने, ‘यो सफलता मेरो एकल प्रयासबाट मात्रै भएको होइन ।’

सरकारले आफूलाई सरकारले हठात बर्खास्त गरेकोप्रति विरोध जनाउँदै त्यसमा धन्यवादसमेत दिएका छन् ।

‘विद्युत् प्राधिकरणमा मैले विगत ८ वर्षदेखि कार्यकारीको जिम्मेवारी र विगत ३० वर्षदेखि विभिन्न तहमा रहेर काम गरेको अवस्था थियो । यो दोस्रो कार्यकालमा ४ महिना मात्रै बाँकी रहँदा जुन हिसाबले बर्खास्तगी गरिएको छ, मैले सरकारलाई पटक पटक भनेको छु उहाँहरूलाई धेरै धेरै धन्यवाद छ’, उनले भने ।

आफूले कानूनअनुसार नै काम गर्न खोजेकाले सरकारले बर्खास्त गरेको पनि उनले बताए । प्राधिकरणमा झूटो नाफा देखाएको भन्ने प्रश्नमा घिसिङले लेखापरीक्षकहरूबाट परीक्षणपछि बोर्डले स्वीकृत गरेको नाफा कसरी फेक हुन्छ भन्दै प्रतिप्रश्न गरेका छन् ।

‘हाम्रो वित्तीय विवरण महालेखा परीक्षकबाट नियुक्त भएका अडिटरले देशभर गरिएको अडिट हो, त्यसमा मन्त्री, सचिव सबैले हस्ताक्षर गरेर बुझाएको विवरण हो । बोर्डले स्वीकृत गरेको विवरणलाई कसरी फेक भन्न सकिन्छ ?’, उनले भने ।

उनले प्राधिकरणको खरिद प्रक्रियामा आफन्तलाई लगाइएको भन्ने प्रश्नमा पनि सरकारले आवश्यक अनुसन्धान गर्न सक्ने धारणा राखेका छन् । ‘प्राधिकरणको हरेक खरिद प्रक्रिया इन्टरनेशनल रुपमा हुन्छ, त्यसमा कोही मेरो कोही रहेछ भने छानबिन गरेर कारबाही गरे हुन्छ’, उनले भने ।

प्राधिकरणलाई पब्लिक आईपीओमा लैजाने प्रकृया अगाडि बढाएकोमा मन्त्रालयले रोक्ने काम गरेको उनले बताएका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  २ : २७ बजे

टोखाको ऐतिहासिक विस्केट जात्रा सम्पन्न

काठमाडौं – धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्त्व बोकेको टोखाको विस्केट

सिरहाः एक महिनामा १९ स्थानमा आगलागी

सिरहा – गर्मी र सुक्खा मौसम सुरुसँगै सिरहामा आगलागीका घटनामा

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, पाँच जना घाइते

बागमती – मकवानपुरको छुट्टाछुट्टै स्थानमा आज साँझ भएको सवारी दुर्घटनामा

भारतीय सहयोगमा बन्न लागेको स्वास्थ्य चौकी शिलान्यास

काठमाडौं– बागलुङको बडिगाड गाउँपालिका–७ भीमगिठेमा स्वास्थ्य चौकी निर्माणका लागि शिलान्यास

सशस्त्र प्रहरी रौतहटद्वारा स्रोत नखुलेको पाँच लाख २२ हजार बरामद

पर्सा – सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर