ब्रोकर एसोसिएसन टोलीले नेप्सेका सिइओ चापागाईँलाई दिए बधाई  « Khabarhub

ब्रोकर एसोसिएसन टोलीले नेप्सेका सिइओ चापागाईँलाई दिए बधाई 


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीइओ) चुडामणी चापागाईँलाई स्टक ब्रोकर एसोसिएसन अफ नेपाले बधाई दिएको छ ।
 
ब्रोकरको टिमले नेप्सेको कार्यालयमा गएर बधाई तथा शुभकामना दिएको हो । एसोसिएसनका अध्यक्ष सागर ढकालले सीईओ चापागाईँलाई खाता माला लगाएर बधाई दिएका थिए । 

अध्यक्ष ढकालले ब्रोकरहरूको मोबाइल एपको विषय नेप्सेले छिटो समाधान दिनुपर्ने माग राखेका थिए । समग्र लगानीकर्ताको हितमा काम गर्ने समेत एसोसिएसनका टोलीले सिईओलाई आग्रह गरेका थिए । 

अहिले बधाई मात्र दिन आएकाले आफ्नो क्षेत्रको अन्य मागहरू आगामी हुने भेटघाटहरूमा राख्ने अध्यक्ष ढकाले बताएका थिए ।

सीईओ चापागाईंले आफू निजी क्षेत्रबाट आएकाले गर्दा निजी क्षेत्रको समस्या बुझेकाले केही गरेर देखाउने ब्रोकरको टिमलाई बताएका थिए । अहिले आफूले नेप्सेको विषयमा दैनिक रूपमा ब्रिफ्रिङ लिइरहेकाले नेप्सेको बारेमा धेरै कुरा जानिरहेको सीईओले बताएका थिए । 

लगानीकर्ताको हितमा आफूले काम गर्ने नवनियुक्त सिइओ चापागाईंले ब्रोक्ररको टोलीलाई बताएका थिए । 

बधाई दिन ब्रोक्रर एसोसिएसनका उपाध्यक्षमा नितेश अग्रवाल, महासचिवमा भक्तिराम घिमिरे, सचिवमा विनय पौडेल सहित कार्यसमितिको सदस्यमा विशालकुमार अग्रवाल, जेलिना कँडेल, जयन्त श्रीवास्तव र प्रियन्सु अग्रवाल पनि उपस्थिति थिए ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ३ : २३ बजे

दल र उम्मेदवारका प्रचार सामग्री आज रातिदेखि सञ्चारमाध्यमबाट हटाउन अनुरोध

काठमाडौं– विज्ञापन बोर्डले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र

इरानको प्रत्याक्रणमा अर्का अमेरिकी सैनिकको मृत्यु, ज्यान गुमाउनेको संख्या ४ पुग्यो

कुवेत- संयुक्त अमेरिकी सेनाले इरानमाथि सुरु भएको अपरेशनदेखि हालसम्म चौथो

सुकुम्बासी बस्तीमा बालेनको डोजर आतंकले रास्वपालाई पार्न सक्छ समस्या

काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयरका रुपमा काम गर्दा थापाथलीस्थित बागमती किनारसहिका

निर्वाचन उपलब्धिको रक्षा र नयाँ सम्भावनाको युगीन आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले यही फागुन २१ मा हुने प्रतिनिधिसभा

कुवेतको रक्षा प्रणालीले खसालिदियो तीन अमेरिकी एफ-१५ फाइटर जेट

कुवेत- अमेरिकी सेनाको सेन्ट्रल कमान्डले कुवेतले आफ्ना तीनवटा फाइटर जेट