पाँच वर्षमा गभर्नर अधिकारीले राष्ट्र बैंकमा के गरे ? (पुस्तकसहित) « Khabarhub

पाँच वर्षमा गभर्नर अधिकारीले राष्ट्र बैंकमा के गरे ? (पुस्तकसहित)


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आइतबार आफ्नो कार्यकाल सकेर बाहिरिँदैछन् । राष्ट्र बैंकबाट बाहिरिँदै गर्दा उनले आफ्नो कार्यकालमा भएका कामको स्थिति विवरणको पुस्तिका समेत तयार गरेर सार्वजनिक गरेका छन् ।

गभर्नर अधिकारीले विगत पाँच वर्षमा थप सुधारका कामहरू भएका छन्, मौद्रिक नीतिको आधुनिकीकरण गर्दै तरलता व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै लगिएको बताए ।

उनले आफ्नो समयमा नेपाल राष्ट्र बैंकले विगत ५ वर्षमा ११ वटा नीति, ९ वटा फ्रेमवर्क, १८ वटा मार्गदर्शन, ८ वटा म्यानुअल र ४१ वटा कार्यविधि जारी गरेर कार्यान्वयनमा ल्याएको छ । गभर्नर अधिकारीले आफ्नो कार्यकालमा राष्ट्र बैंकको वित्तीय अवस्थामा सुधार भएको र सरकारको खातामा रकमान्तर हुने रकममा वृद्धि भएको बताए ।

कोरोना महामारीको अवस्थासँग जोड्दै उनले भने, ‘उपलब्ध सीमित स्रोतलाई सदुपयोग गरी आर्थिक व्यवस्थालाई लयमा राख्नु ठूलो चुनौती थियो, यस्तो अवस्थामा नेपाल राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा गर्दा सजगतापूर्वक तथा तथ्यमा आधारित भएर केही परम्परागत र केही गैर परम्परागत उपायहरू अवलम्बन गर्यौं, यस्ता उपायहरूले अर्थतन्त्रलाई लयमा राख्नुका साथै समकक्षी देशहरूको तुलनामा बलियो अवस्थामा राख्न निकै मद्दत पुर्‍यायो ।’

आफ्नो कार्यकालमा वित्तीय क्षेत्रमा गाभ्ने र गाभीने प्रक्रिया थप सुदृढीकरण भएको र अस्वस्थ प्रतिस्पर्धा निरुत्साहित भएको र वित्तीय क्षेत्रमा भएको बिकृति हदैसम्म न्यूनीकरण भएको समेत उनको दाबी छ ।

‘कर्जा प्रवाह गर्ने र ऋणी दुवै पक्षमा देखिने गरेका अनुशासनहीनतालाई दृष्टिगत गरी महत्वपूर्ण सुधारहरू गरिएका छन्, बैंकिङ क्षेत्रसँग रहेको स्रोत र साधनलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने नीति लिएको छ’, उनले भने ।

कृषि पूर्वाधार लगायतका क्षेत्रमा अनिवार्य लगानी सम्बन्धी व्यवस्था, चालु पुँजीकर्जा मार्गदर्शन लगायतका व्यवस्था दीर्घकालीन हितमा रहेको उनले बताए । ती व्यवस्था अर्थतन्त्रमा महत्वपूर्ण सुधारका रूपमा र राष्ट्र बैंकले लिएको नीतिका कारण डिजिटल कारोबारमा उल्लेख्य वृद्धि भएको समेत उनको भनाइ छ ।

वैदेशिक ऋणको लागि सहज व्यवस्था, प्रत्येक नागरिकले ५ सय अमेरिकी डलरसम्मको सटही सुविधा लिनसक्ने, सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी प्रशस्त नियामकीय व्यवस्था गरिएको र आफ्नै कार्यकालमा थुप्रै कानूनहरूको मस्यौदा तयार पार्ने काम गरेको गभर्नर अधिकारीले बताए ।

आफ्नो कार्यकालको दोस्रो वर्षमा भने नेपाल राष्ट्र बैंकको नेतृत्वमाथि प्रहार भएको भन्दै उनले सर्वोच्च अदालतले राष्ट्र बैंकको स्वायत्तता जोगाइदिएको बताएका छन् ।

‘कार्यकालको दोस्रो वर्ष पुग्दै गर्दा नेपाल राष्ट्र बैंक नेतृत्वमाथि प्रहार भइ केन्द्रीय बैंकको स्वायत्ततमाथि ठाडो हस्तक्षेप भएको अवस्था रह्यो । केन्द्रीय बैंक सञ्चालनको विश्वव्यापी मान्यता तथा मर्मअनुरूप यस बैंकको स्वायत्ततालाई अक्षुण राखिदिनुहुने सम्मानित सर्वोच्च अदालत, माननीय न्यायाधीशज्यूहरू, वरिष्ठ विद्धान आदरणीय अधिवक्ताज्यूहरू समस्त न्यायप्रणालीप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु’, अधिकारीले भने ।

गभर्नर अधिकारीले कार्यकालमा नेपाल राष्ट्र बैंकले गरेका काम

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ३ : ५७ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारी

बागमती– बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने गरी

बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन-२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’

खोटाङ- नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२

तनहुँ जलविद्युत् आयोजनाका प्रभावितबाट मुआब्जा माग

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित व्यास नगरपालिका– १३ बेलवासका स्थानीयले

साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या

काठमाडौं– एसियाली विकास बैंक (एडीबी) को सहयोगमा पुनर्निर्माण भएका थापाथली

एमालेको आन्तरिक प्रतिष्पर्धा ‘जबज’को जीवन्त अभ्यास : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति एवं एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले नेकपा एमालेको ११औँ