तीनकुने घटनामा गुहार माग्दै मानवअधिकार आयोग पुग्यो राप्रपा « Khabarhub

तीनकुने घटनामा गुहार माग्दै मानवअधिकार आयोग पुग्यो राप्रपा


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले गत चैत १५ गते काठमाडौंको तीनकुने प्रदर्शनका क्रममा सरकारले दमन गरेको भन्दै छानबिनका लागि राष्ट्रिय मानवअधिकार आयोगसँग गुहार लगाएको छ ।

दुर्गा प्रसाईं र नवराज सुवेदी नेतृत्वको राजावादी समूहहरूको प्रदर्शनका क्रममा सरकारको तर्फबाट भएको दमन, घुसपैठ र झुटा मुद्दामा नेताहरूलाई पक्राउ गरिएको गुनासोसहित राप्रपा आयोगमा पुगेको हो ।

राप्रपाको प्रतिनिधिमण्डल आयोगको केन्द्रीय कार्यालय पुल्चोकमा पुगेर आयोगका अध्यक्ष तपबहादुर मगर र सचिव मुरारी खरेल लगायतसँग छलफल गरेको छ ।

प्रहरीले तीनकुने घटनामा हिंसाका लागि उकासेको भन्दै राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरासहितलाई पक्राउ गरेको छ । उनीहरूसहित करिब ७० जनाविरुद्ध राज्यविरुद्धको अपराधसहितका मुद्दा चलाइँदैछ । तीनकुनेटमा भएको प्रदर्शनका क्रममा गोली लागेर एकजना र जलेर पत्रकारको ज्यान गएको थियो ।

त्यसक्रममा २ महिलासहित २० जनालाई गोली लागेको थियो । उक्त प्रकरणमा आयोग पुग्ने राप्रपा महामन्त्रीद्वय राजेन्द्र गुरुङ र शरदराज पाठक, प्रवक्ता मोहन कुमार श्रेष्ठ, मुख्यसचिव केदारबहादुर अधिकारी, नेताहरू अमृत पुडासैनी, निरुपमा यादव, खुश्वु ओली, उद्धवराज भेटवाल, सजिना कार्की र रविकिरण हमाल थिए ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ३ : ४५ बजे

पाण्डेको निधनबाट राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक अगुवा डा. देवेन्द्रराज

बढीले क्षतिग्रस्त रसुवागढी टिमुरे सुख्खा बन्दरगाह निर्माण अलपत्र (तस्बिरहरु)

रसुवा– एक वर्षअघि ल्हेन्दे खोलाको बाढीले ६ महिनासम्म प्रभावित रसुवा

युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडा उपमहानगर

हेटौँडा– हेटौँडा उपमहानगरपालिकाले युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्यसहित स्वरोजगार

सुशील कोइराला क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालन

नेपालगन्ज– बाँकेको खजुरा बजारमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा

मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष (आव) २०८२–८३ मा लक्ष्यको