चीनले सबै अमेरिकी सामानमा ३४ प्रतिशत भन्सार महशुल बढाउने « Khabarhub

चीनले सबै अमेरिकी सामानमा ३४ प्रतिशत भन्सार महशुल बढाउने


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाले भन्सार महशुल बढाएपछि चीनले पनि अमेरिकी सामानमा भन्सार महशुल वृद्धिको घोषणा गरेको छ । चिनियाँ वाणिज्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै अब अमेरिकाबाट आयात हुने सबै सामानमा ३४ प्रतिशत भन्सार महशुल वृद्धि गर्ने घोषणा गरेको हो ।

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार विशेष सम्बोधन गर्दै विभिन्न मुलुकका सामानमाथि विभिन्न दरमा भन्सार महशुल वृद्धि गर्ने घोषणा गरेका थिए । ट्रम्पले चिनियाँ सामानमाथि थप ३५ प्रतिशत भन्सार महशुल बढाउने जनाएका थिए ।

त्यसैगरी, चीनले खासगरी ‘रेअर अर्थ मेटेरियल्स’ भनिने प्रविधिको क्षेत्रमा महत्वपूर्ण पदार्थको निर्यातमा कडाइ गर्ने भएको छ ।

चीनले अमेरिकातर्फ समारियम, गाडोलिनियम, टेर्बियम, डायस्पोरियम, लुटेटियमजस्ता पदार्थको निर्यातमा कडाइ गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

चीनले १६ वटा अमेरिकी कम्पनीलाई ‘निर्यात नियन्त्रण सूची’ राखेको र अरु ११ वटा कम्पनीलाई ‘अविश्वसनीय संस्था’ को सूचीमा राखेको रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ४ : ४१ बजे

बुटवल–नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी– शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल–नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आउन

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई

अब राजनीति ‘पुस्तान्तरण’ उल्टाउन सकिँदैन: बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०८२ को आमनिर्वाचनको परिणामले

अस्वस्थ खानपान र तनावले बढ्यो हृदयघात, कसरी बच्ने ?

काठमाडौँ – गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाहीको

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : प्रमुख एजेन्डा चुनाव समीक्षा

काठमाडौँ – शुक्रबार सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक