नेप्सेका सीईओ चापागाईंले तीन दिनमा गरे दुई काम « Khabarhub

नेप्सेका सीईओ चापागाईंले तीन दिनमा गरे दुई काम


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालको एकमात्र धितोपत्र बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईंलाईले पदबहाली भएको तीन दिनमा दुई महत्त्वपूर्ण काम गरेका छन् ।

सीईओ चापागाईंले गत बुधवार नेप्सेमा पदबहाली गरेका थिए । चापागाईंले तीन दिनभित्र अवधिमा नेप्सेको साइटमा सुझाव दिन मिल्ने ठाउँ बनाउन निर्देशन दिएका छन् ।

सीईओ चापागाईंले शुक्रबार बिहान नेप्सेका सूचना-प्रविधि फाँटका कर्मचारीबाट ब्रिफिङ लिँदै नेप्सेको साइटमा सुझाव दिन मिल्ने ठाउँ बनाउन निर्देशन दिएका हुन् ।

‘आज बिहानै मैले नेप्सेको साइटमा के के सुधार गर्न सकिन्छ भन्नेर सुझाव दिन सकिने ठाउँ बनाउन लगाएको छु’, चापागाईंले भने, ‘आइटीको टिमले काम थालिसकेको छ । अबको केही दिनमा साइटमा सुझाव दिन सकिनेछ ।’

नेप्से, पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्ड -सेबोन_ तथा सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) र नेप्सेबीच हरेक १५ दिनमा बैठक बस्ने भएको छ ।

नेप्सेका सीईओ नियुक्त भएपछि बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठसँग बिहीबार भएको भेटमा तीन संस्थाका प्रतिनिधिबीच हरेक १५ दिनमा बैठक बस्ने सहमति भएको हो ।

‘कुनै एजेन्डा नभए पनि मैले सेबोन अध्यक्षज्यूसँग हरेक १५ दिनमा बैठक बस्न आग्रह गरेको थिएँ’, चापागाईंले भने, ‘अध्यक्षज्यू पनि यो कुरामा सकारात्मक हुनुहुन्छ ।’

अध्यक्ष श्रेष्ठ र सीईओ चापागाईंको भेटका दौरान लगानीकर्ताहरूको हित संरक्षण एवं नेपालको पुँजी बजारको विकास तथा विस्तारका विषयमा छलफल भएको सेबोनले जनाएको छ ।

‘हामीले यो यसले गर्ने काम हो, त्यो उसले गर्ने काम हो भनेर पनि धेरै हानथाप हुने गरेको छ’, चापागाईंले भने, ‘कुनै एजेन्डा नभए पनि छलफल गर्दा पुँजीबजारबारे नै कुरा हुन्छ, समन्वय पनि बढ्छ ।’

आफू निजी क्षेत्रबाट आएको हुनाले काम गर्ने हुटहुटी रहेको सीईओ चापागाईंले बताए । हाल आफू नेप्सेका विभागसँग ब्रिफिङ लिन व्यस्त भएको उनले जानकारी दिए ।

आफूले भेटघाट भन्दा पनि नीतिगत कामहरू धेरै गर्नुपर्ने भएकाले काममै बढी लाग्ने चापागाईंको भनाइ छ । ‘यो एक हप्ताजति त भेटघाट हुने नै भयो’, चापागाईंले भने, ‘त्यसपछि भने मैले भेटघाटमा समय बिताउँदिन, थुप्रै नीतिगत कामहरू गर्नुपर्नेछ, भेटघाटमा समय बढी बिताउँदा काम गर्न अलिक कठिन होला ।’

अहिले डिम्याट खोल्नेको संख्या ६५ लाख भए पनि दोस्रो बजारमा भने ३५ लाख हाराहारीमा मात्र कारोबार गरिरहेको र त्यसमा पनि १५ लाखजति मात्र सक्रिय प्रयोगकर्ता भएको आकलन चापागाईंले सुनाए ।

शेयर शिक्षा नभएकाले लगानीकर्ताले लहलहैका भरमा लगानी गरिहरेकाले शिक्षित गर्नेतर्फ आफ्नो योजना रहेको चापागाईंले बताए ।

‘मैले निजी क्षेत्रमा हुँदा पनि धेरैजसो पढाउने नै काम गरेँ, अहिले पनि धेरै व्यक्तिले ह्वीमका भरमा लगानी गरेको देखिन्छ’, चपागाईंले भने, ‘राज्यको तर्फबाटै सिकाउने खालको काम भएमा धेरै राम्रो हुन्थ्यो ।’

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ५ : २५ बजे

राप्रपाले राष्ट्रवादी शक्तिको भूमिका निभाउन नसकेपछि नयाँ शक्ति बनायौँ : धवल शमशेर

काठमाडौं– राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट अलग भएका नेता  धवल शमशेर राणाले मुलुकमा

दुर्गा प्रसाईंको आरोप- राप्रपा राजा र धर्म साट्ने पार्टी हो

काठमाडौं– मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी–  लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आगामी

हप्तामा ५ देखि ७ वटा अण्डा खाँदा अल्जाइमरको जोखिम २७ प्रतिशतले कम

काठमाडौं– अण्डाको सेवन दिमागका लागि फाइदाजनक हुन्छ कि हानिकारक ?

रोमानियाका राष्ट्रपतिद्वारा प्रधानमन्त्रीको लागि नयाँ उम्मेदवार मनोनीत

बुखारेस्ट– रोमानियामा जारी राजनीतिक अनिश्चितता अन्त्य गर्ने प्रयासस्वरूप राष्ट्रपति निकुसोर