चितवनमा ‘मेड ईन नेपाल एक्स्पो तथा फुड फेष्टिबल-२०८१’ आयोजना हुने « Khabarhub

चितवनमा ‘मेड ईन नेपाल एक्स्पो तथा फुड फेष्टिबल-२०८१’ आयोजना हुने


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युवा उद्यमी मञ्च नेपाल चितवनले ‘मेड ईन नेपाल एक्स्पो तथा फुड फेष्टिबल-२०८१’ को आयोजना गर्ने भएको छ ।  

एक्स्पो चैतको २९ गते देखि वैशाखको २ गतेसम्म चितवनमा हुने शुक्रबार चितवनको भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । 

एक्स्पो १ सय भन्दा बढी स्टलहरू रहने छन् जसमा कृषि निर्माण सामग्री प्रविधि हस्तकला परम्परागत कपडा फुड एण्ड बेभरेज ग्रिन ईण्डस्ट्री रियल स्टेट तथा ईनोभेसन लगायतका विभिन्न क्षेत्रका क्रियाशील व्यवसायीहरू सहभागी हुने युवा उद्यमी मञ्च नेपाल चितवनका अध्यक्ष उमेश श्रेष्ठले बताए  । 

एक्स्पोमा स्टार्टअप स्टल मार्फत १० वटा नवप्रवर्तन युवा उद्यमीहरू लाई प्राथमिकता दिइने उनले बताए । 

नेपालमा नै उत्पादित विभिन्न सामग्रीहरू प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पोमा विशेष गरी ग्रामीण क्षेत्रका उद्यमी तथा अल्पसंख्यक समुदायका लागि निःशुल्क स्टलको व्यवस्था गरेको अध्यक्ष श्रेष्ठले बताए । 

एक्स्पो अवधिभर युवामुखी प्यानल छलफलहरू पनि सञ्चालन गरिने बताइएको छ । 

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ५ : २१ बजे

संविधान र लोकतन्त्रको रक्षाका लागि संघर्ष गर्छौँ : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान र लोकतन्त्रको

कांग्रेसको वडा अधिवेशन सुरु

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन शनिबारबाट सुरु भएको

नेपालको संविधान : शान्ति र सहकार्यको साझा दस्तावेज

काठमाडौं- कुनै पनि देशको संविधान राज्यअर्थात् शासन सञ्चालनको कानुनी दस्तावेज

‘विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ’

काठमाडौं- लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज ११

दक्षिण सुडानमा ६ लाख ६१ हजारभन्दा बढी शरणार्थी, ७५ प्रतिशत महिला र बालबालिका

जुबा- दक्षिण सुडानले देशभरका ३१ स्थानमा ६ लाख ६१ हजार ५२९