आणविक सम्झौतामा इरानसँग ‘प्रत्यक्ष वार्ता’ गर्ने ट्रम्पको चाहना « Khabarhub

आणविक सम्झौतामा इरानसँग ‘प्रत्यक्ष वार्ता’ गर्ने ट्रम्पको चाहना


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार तेहरानसँग आणविक सम्झौताबारे ‘प्रत्यक्ष वार्ता’ चाहेको बताएका छन् । यसअघि उनले इरानले आणविक हतियार विकास गरे बम हान्ने धम्की दिएका थिए । दशकौँदेखि पश्चिमी राष्ट्रहरूसँगको सम्बन्धलाई तनावपूर्ण बनाएको देशको आणविक कार्यक्रममा सहमतिमा पुग्न ट्रम्पले इरानी नेताहरूलाई दुई महिनाको समयसीमा दिएका छन् ।

संयुक्त राज्य अमेरिकासहितका पश्चिमी देशहरूले लामो समयदेखि इरानलाई आणविक हतियारको खोजी गरेको आरोप लगाएका छन् । उक्त आरोपलाई तेहरानले अस्वीकार गर्दै यसको समृद्धिकरण गतिविधिहरू शान्तिपूर्ण उद्देश्यका लागि मात्र भएको दाबी गरेको छ । “मलाई लाग्छ प्रत्यक्ष वार्ता गर्नु राम्रो हुन्छ”, ट्रम्पले राष्ट्रपतीय विमान एयर फोर्स वानमा पत्रकारहरूसँग भने, “मलाई लाग्छ यो छिटो हुन्छ र मध्यस्थकर्ताहरू मार्फत जानुभन्दा अर्को पक्षलाई धेरै राम्रोसँग बुझ्न सकिन्छ ।”

इरानका विदेशमन्त्री अब्बास अराघचीले गत हप्ता तेहरानले ‘इरानप्रति अर्को पक्षको दृष्टिकोणमा परिवर्तन नआएसम्म’ वासिङ्टनसँग प्रत्यक्ष वार्ता नगर्ने बताएका थिए । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पूर्ववर्ती बाराक ओबामाले सन् २०१५ मा गरेको आणविक सम्झौता रद्द गरेका थिए र इरानमाथि कठोर प्रतिबन्ध लगाएका थिए ।

तेहरान र विश्व शक्तिहरूबीच सम्पन्न भएको सो सम्झौताले इरानलाई प्रतिबन्धहरूबाट राहत दिने बदलामा आफ्नो आणविक महत्त्वाकांक्षालाई सीमित गर्न बाध्य पारेको थियो । “उनीहरूले मध्यस्थकर्ताहरू प्रयोग गर्न चाहन्थे, त्यो अब आवश्यक छ भन्ने मलाई लाग्दैन”, ट्रम्पले भने, “मलाई लाग्छ उनीहरू चिन्तित छन्, मलाई लाग्छ उनीहरू आफूलाई कमजोर महसुस गर्छन् । मैले उनीहरूलाई त्यस्तो महसुस गराउन चाहन्न, मलाई लाग्छ उनीहरू भेट्न चाहन्छन् ।”

गत महिना ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीलाई आणविक वार्ताको आह्वान गर्न र तेहरानले अस्वीकार गरेमा सम्भावित सैन्य कारबाहीको चेतावनी दिन पत्र लेखेको बताएका थिए । खामेनीले अमेरिकी धम्कीहरूले ‘उनीहरूलाई कतै पनि पुर्‍याउने छैन’ भन्दै इरानविरुद्ध ‘यदि उनीहरूले केही हानिकारक गरे भने’ पारस्परिक उपायहरूको चेतावनी दिएका थिए ।

गत हप्ता ट्रम्पले इरानले आणविक हतियार विकास गर्ने प्रयास छोडेको छैन भने ‘बमबारी हुनेछ’ भनेका थिए । इजरायलले इरानका दुई सहयोगी हमास (सन् २०२३ अक्टोबर ७ मा इजरायलमा आक्रमण गर्ने प्यालेस्टिनी लडाकूहरू) र लेबनानको हिजबुल्लाहलाई ध्वस्त पारेपछि ट्रम्पको पहुँच इरानका लागि कमजोर स्थितिमा आएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ७ : ३१ बजे

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक सम्मान

काठमाडौं– नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ

भण्डारणमा गम्भीर गल्ती: आल्मुनियम फोइलमा कहिल्यै राख्न नहुने खानेकुरा

काठमाडौँ – भान्छामा पाकेको खाना तातो राखिराख्न वा भण्डारण गर्न

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ ।

लागूऔषधसहित एक युवक पक्राउ

झापा– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ

मोहम्मद सालाह टर्की जाने तयारीमा

काठमाडौँ – लिभरपुलका पूर्वविङ्गर मोहम्मद सालाह फ्रि ट्रान्सफरमा टर्किस क्लब