न्यायाधीश रमेश ढकालको संयोग : सन्दीप लामिछानेलाई थुनामुक्त गराए, रवि लामिछानेलाई जेल पठाए « Khabarhub

न्यायाधीश रमेश ढकालको संयोग : सन्दीप लामिछानेलाई थुनामुक्त गराए, रवि लामिछानेलाई जेल पठाए


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – २९ पुस २०७९ मा चर्चित क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा थुनामुक्त गराउन आदेश दिएका न्यायाधीश रमेश ढकालको आदेशमै रवि लामिछाने जेल जानु परेको छ।

संयोग कस्तो पर्‍यो भने त्यसबेला ढकाल उच्च अदालत पाटनमा थिए । एकजना युवतीले दर्ता गराएको बलात्कार मुद्दामा ढकाल र अर्का न्यायाधीश ध्रुवराज नन्दको इजलासले जिल्ला अदालत काठमाडौंको आदेश उल्ट्याउँदै सन्दीपलाई थुनामुक्त गराउने आदेश दिएको थियो ।

नाबालिग बलात्कार प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली क्रिकेट टिमका पूर्वकप्तान लामिछानेलाई उच्च अदालतले थुनामुक्त गर्न आदेश दिँदा न्यायाधीश ढकालले गाली खानु परेको थियो ।

उच्च अदालत पाटनले सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो ।

काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि उनी उच्च अदालत पुगेका थिए ।

उता रविलाई सुप्रिम सहकारीको बचत हिनामिना मुद्दामा जिल्ला अदालत रुपन्देहीले १ करोड धरौटीमा छाडेको थियो । जिल्ला अदालत रुपन्देहीले धरौटीमा छाडेका रविलाई उच्चको इजलासबाट न्यायाधीश ढकालले जेल पठाउने आदेश दिएका छन् । अर्थात्, दुवैतिर दुवै लामिछानेको हकमा मुद्दा उल्टिँदा एउटालाई राहत र अर्कोलाई जेल भएको छ।

सुप्रिम प्रकरणमा गत माघ १३ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रहृलादकुमार योगीको इजलासले गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।

त्यही मुद्दामा जिल्ला अदालत रुपन्देहीका न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले गोर्खा मिडियाका सञ्चालक एवम् पूर्वडीआइजी जोशीलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

अब लामिछानेलाई सन्दीपलाई राहत दिएका उनै न्यायाधीश ढकालसहितले थुनामा पठाउन आदेश दिएका छन् ।

जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश शुक्रबार गरेको हो । उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश ढकाल र स्वीकृति पराजुलीको इजलासले रविलाई थुनामा पठाउने आदेश गरेको हो ।

त्यसैगरी बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा मुछिएका उनका साझेदार एवम् पूर्वडीआईजी छविललाई जोशीलाई पनि अदालतले थुनामा पठाउने आदेश दिएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ८ : ४१ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले