न्यायाधीश रमेश ढकालको संयोग : सन्दीप लामिछानेलाई थुनामुक्त गराए, रवि लामिछानेलाई जेल पठाए « Khabarhub

न्यायाधीश रमेश ढकालको संयोग : सन्दीप लामिछानेलाई थुनामुक्त गराए, रवि लामिछानेलाई जेल पठाए


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – २९ पुस २०७९ मा चर्चित क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा थुनामुक्त गराउन आदेश दिएका न्यायाधीश रमेश ढकालको आदेशमै रवि लामिछाने जेल जानु परेको छ।

संयोग कस्तो पर्‍यो भने त्यसबेला ढकाल उच्च अदालत पाटनमा थिए । एकजना युवतीले दर्ता गराएको बलात्कार मुद्दामा ढकाल र अर्का न्यायाधीश ध्रुवराज नन्दको इजलासले जिल्ला अदालत काठमाडौंको आदेश उल्ट्याउँदै सन्दीपलाई थुनामुक्त गराउने आदेश दिएको थियो ।

नाबालिग बलात्कार प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली क्रिकेट टिमका पूर्वकप्तान लामिछानेलाई उच्च अदालतले थुनामुक्त गर्न आदेश दिँदा न्यायाधीश ढकालले गाली खानु परेको थियो ।

उच्च अदालत पाटनले सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो ।

काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि उनी उच्च अदालत पुगेका थिए ।

उता रविलाई सुप्रिम सहकारीको बचत हिनामिना मुद्दामा जिल्ला अदालत रुपन्देहीले १ करोड धरौटीमा छाडेको थियो । जिल्ला अदालत रुपन्देहीले धरौटीमा छाडेका रविलाई उच्चको इजलासबाट न्यायाधीश ढकालले जेल पठाउने आदेश दिएका छन् । अर्थात्, दुवैतिर दुवै लामिछानेको हकमा मुद्दा उल्टिँदा एउटालाई राहत र अर्कोलाई जेल भएको छ।

सुप्रिम प्रकरणमा गत माघ १३ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रहृलादकुमार योगीको इजलासले गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।

त्यही मुद्दामा जिल्ला अदालत रुपन्देहीका न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले गोर्खा मिडियाका सञ्चालक एवम् पूर्वडीआइजी जोशीलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

अब लामिछानेलाई सन्दीपलाई राहत दिएका उनै न्यायाधीश ढकालसहितले थुनामा पठाउन आदेश दिएका छन् ।

जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश शुक्रबार गरेको हो । उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश ढकाल र स्वीकृति पराजुलीको इजलासले रविलाई थुनामा पठाउने आदेश गरेको हो ।

त्यसैगरी बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा मुछिएका उनका साझेदार एवम् पूर्वडीआईजी छविललाई जोशीलाई पनि अदालतले थुनामा पठाउने आदेश दिएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ८ : ४१ बजे

इशान र अर्शदीप चम्किँदा न्युजिल्यान्डविरुद्ध भारतको शानदार जित

काठमाडौं – इशान किशनको विस्फोटक शतक र अर्शदीप सिंहको पाँच

‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई

कास्की – पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय

भोला रिजालको शब्दमा ‘अन्धकार पन्छाएर’ बोलको गीत सार्वजनिक

काठमाडौं – प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना

देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न